आईसीसी एसिया छनौटमा नेपालको लगातार दोस्रो जित, कुवेत २४३ रनले पराजित

SHARE:

काठमाडौं २५ फेब्रुअरी २०२३ ।

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार सिंगापुरमाथि ९६ रनको सानदार जित निकालेको नेपाली युवा टोलीले शनिबार कुवेतविरुद्ध २ सय ४३ रनको फराकिलो जित दर्ता गराउन सफल भयो । नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३० दशमलव ५ ओभरमा १ सय रनमै समेटियो । कुवेतलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ६, हेमन्त धामी र दिपेश कँडेलले २/२ विकेट लिए ।

युएईको मलेक क्रिकेट ग्राउन्डमा यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले बिस्फोटक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको विशाल स्कोर खडा गरेको थियो । नेपालका लागि अर्जुन कुमाल र देब खनालले सानदार शतकीय पारी खेले । खनालले सर्वाधिक १ सय २५ रनको योगदान गर्दा अर्जुन कुमालले १ सय ८ रन जोडे। १ सय १७ बलको सामना गरेका खनालले ९ चौका र ३ छक्का प्रहार गरे। १ सय १२ बलको सामना गरेका कुमालले १२ चौका प्रहार गरे ।​

विशालबिक्रम केसीले २३ तथा दीपक प्रसाद डुम्रे २० रनमा अविजित रहे । बलिङतर्फ कुवेतका अर्श साहिल काजमी र हेनरी थोमसले समान २/२ विकेट लिएका थिए । जारी प्रतियोगितामा प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन्। सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!