चलचित्र ‘नाइँ नभन्नु ल ६’ को टिजर सार्वजनिक

SHARE:

काठमाडौं २ मार्च २०२३ ।

चलचित्र ‘नाइँ नभन्नु ल ६’ को टिजर सार्वजनिक भएको छ ।

‘नाइँ नभन्नु ल’ फ्रेन्चाइजी नेपाली चलचित्रमा मन पराइएको फ्रेन्चाइजी हो । सन्तानसँगको प्रेम हुँदै बाल मनोविज्ञान र तन्नेरीको प्रेम कथा यस फ्रेन्चाइजीले प्रस्तुत गरेको छ । विकासराज आचार्यको निर्देशन रहेको यस चलचित्रको टिजर एक्सन दृश्यले भरिपूर्ण छ । बिहीबार सार्वजनिक उ्क्त टिजरमा प्रेम प्राप्तिका लागि गर्ने संघर्षको कथावस्तुको समावेश भएको देखिन्छ ।

चलचित्रमा आँचल शर्मासाँगै आशिर्वाद क्षेत्रीको मुख्य भूमिका रहेको छ । आशिर्वादले यो चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् । आशिर्वाद र आँचलसँगै चलचित्रमा सरोज खनाल, केकी अधिकारी, प्रियंका कार्कीको पनि मुख्य भूमिका रहेको छ ।

चलचित्रले वैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!