बहुप्रतिक्षित मेलम्ची आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’, भदौसम्ममा काठमाडौंमा पानी खसालिने

SHARE:

मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।

बिहीबार एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्र’ भएको घोषणा गरेका हुन् । सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थ्रु भएको हो ।

ब्रेक थ्रु भएको औपचारिक घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि उपस्थिति थिए । कार्यक्रममा उपराष्ट्रपति पुनले राजधानीवासीलाई हिमालको काखमा रहेको स्वच्छ खानेपानी दशैँअघि नै उपलब्ध गराउने बताए ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरुप काम अगाडि बढेमा अबको चार महिनाभित्र आउँदो भदौसम्ममा सुन्दरीजलमा पानी खसाल्ने बताए । देवकोटाका अनुसार २७.५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३.५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ ।

सुरुङ छिचोलिएर मात्रै काठमाडौँमा पानी जाने होइन सुरुङभित्रको ढलान प्लास्टरलगायतका अन्य फिनिसिङका कार्य गर्न बाँकी रहेको छ र यसले केही समय लिन्छ ।

सुरुङमा पानी पठाउन मुख्य प्रवेशद्वार अम्बाथानमा निर्माण गर्नुपर्ने हेडबक्सको कार्य अझै बाँकी रहेको बताइएको छ ।

प्रकाशित : २९ चैत २०७४

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!