बम थापा (सूर्यवंशी)
लन्डन । राप्ती समाज युकेको संयोजकतामा एकल सिर्जनाअन्तर्गत ‘भावेश भुमरी सिर्जना साँझ युके’ पहिलोपल्ट फोक्सटन सहरमा अवस्थित लेमन लिफमा सम्पन्न भएको छ । जुलाई २७ तारिख, शुक्रबार साँझ ६ बजेदेखि रातको ११ बजेसम्म कार्यक्रम भएको थियो । भावेश भुमरीका थुप्रै कृतिहरुमध्ये भरोसा, भूमिका, भावना, भिन्नता, भूगोल, भिजेको चिठी, भीरफूको छायाँ, भित्र छ फूलको साँध, भीडभित्र छु बिरानो म, भोक इल्टा नाघेर सेलाउँछ इत्यादि ।
कार्यक्रमको टिप्पणी गर्दै कवि विजय हितानले भने, युकेमा यसरी गीतकारको एकल सिर्जना साँझ कार्यक्रम भएको यो नै पहिलो हो ।
जुन कार्यक्रमा गीतकारका बारेमा धेरै चर्चापरिचर्चा गरिनु, गीतकारले आफ्ना कुराहरू राख्नु, आफ्ना रचनाहरू वाचन गर्नु, गीतकारकै गीतहरू गाइनु, म्युजिक भिडियोहरू प्रदर्शन गरिनु अनि अडियो गीत सुनिनुले यस कुरालाई बढी प्रस्ट पार्छ ।
कार्यक्रमका सभापति टीकासिंह ठकुरीले गरेका थिए भने प्रमुख अतिथि फोक्सटन नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ र कार्यक्रम सञ्चालिका कवि करिष्मा घमले गरेका थिए ।
कार्यक्रममा गायक गणेश पुन, कार्यक्रमका टिप्पणीकार कवि विजय हितान, मगर संघ युकेका उपाध्यक्ष बम थापा सूर्यवंशी र सीता पुन, महासचिव लालबहादुर पुन, गीतकार सङ्गीता वायुङ राई, गायक तथा सङ्गीतकार गङ्गा थापा, प्रकाश राना र थुप्रै दर्शकको सहभागिता रहेको थियो । कार्यक्रममा गायक गणेश पुनले गीत गायर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।
नेपालवाट बेलायतमा आएका नेपाली साहित्य र गीत, सङ्गीतका माध्यमबाट स्वदेशमा मात्र होइन विदेशमा समेत ख्याती हासिल गरेका लोकप्रिय कवि तथा गीतकार भावेश भुमरीले भने, ‘गीत, कविता लेख्ने र प्राय:आफ्ना सिर्जनामै रमाउने मजस्तो सामान्य व्यक्तिलाई युकेजस्तो देशमा बोलाउनुभएर जुन प्रकारको मञ्च र स्थान दिनुभएको छ, यसलाई मैले यति नै महत्व दिन्छु भनेर मापन गर्न सक्दिनँ ।’ पर्दा पछाडिका व्यक्तिहरूलाई पर्दा अगाडि ल्याउने र सेलिब्रेटीसम्म बनाउने जुन काम गर्नुभएको छ, यसले भोलिका दिनमा एउटा ठूलै बहसको विषय बनाउने छ । प्रस्तोताहरू मात्र मञ्चका भागेदार हुन् भन्ने मान्यतालाई तोड्दै वास्तविकताको खोजीमा अरू आयामहरू थपिने छन् र क्रमशस् सबैको अधिकार स्थापित हुने छ ।
सिर्जना साँझपछि भुमरीको प्रतिक्रिया
भावेश भुमरी
लन्डन । राप्ती समाज युकेको आयोजनामा मेरो एकल सिर्जनाअन्तर्गत ‘भावेश भुमरी सिर्जना साँझ युके’ जुलाई २७ तारिख शुक्रबार साँझ ऐतिहासिक रूपले सफल भएको छ । मेरा केही समय युके बसाइका क्रममा राप्ती समाजको आयोजनामा यसरी कार्यक्रम सफल बनाउन हर व्यक्तिको भूमिका अमूल्य छ । विशेषत: राप्ती समाज युकेसहित फोक्सटोन नेपाली समाज र मगर संघ केन्ट शाखाले खेलेको भूमिका अविस्मरणीय छ ।
धेरै चाहना भएर पनि टाढाटाढाबाट कैयौँ व्यक्तिहरू सहभागी हुन सक्नुभएन, यहाँहरू सबैलाई मैले सहभागी भएजस्तै सम्झेको छु । यहाँहरूले दिनुभएको माया, सद्भाव र आँटका कारण यस्तो मञ्च प्राप्त भएको हो । दिनभरिको जागिर अनि टाढाको यात्रा अझ गाडी जाम, यस्तै यस्तै कुराले यहाँहरूमा खड्किन गएको समयाभावलाई मैले राम्रोसँग बुझेको छु । रातको ११ बजेसम्म बसेर मलाई साथ दिनुभएका यस कार्यक्रमका सबै अतिथिहरूप्रति म कृतज्ञ छु । लन्डनजस्तो टाढा, केन्टवरी, मेडस्टोन र आसफोर्ड आदिबाट आउनुभएका महानुभावहरूको हौसलालाई म कहिले भुल्ने छैन । गीत, कविता लेख्ने र प्राय: आफ्ना सिर्जनामै रमाउने मजस्तो सामान्य व्यक्तिलाई युकेजस्तो देशमा बोलाउनुभएर जुन प्रकारको मञ्च र स्थान दिनुभएको छ, यसलाई मैले यति नै महत्व दिन्छु भनेर मापन गर्न सक्दिनँ । ‘भावेश इन द युके’ भन्ने ग्रुप फेसबुकका सदस्यहरूले मलाई यहाँसम्म ल्याउन अत्यन्त ठूलो भूमिका खेल्नुभएको छ र यस प्रकारका कार्यक्रमहरूलाई सफल पार्न पनि ।
यहाँहरूले नै पर्दा पछाडिका व्यक्तिहरूलाई पर्दा अगाडि ल्याउने र सेलिब्रेटीसम्म बनाउने जुन काम गर्नुभएको छ, यसले भोलिका दिनमा एउटा ठूलै बहसको विषय बनाउने छ । प्रस्तोताहरू मात्र मञ्चका भागेदार हुन् भन्ने मान्यतालाई तोड्दै वास्तविकताको खोजीमा अरू आयामहरू थपिने छन् र क्रमश: सबैको अधिकार स्थापित हुने छ । यस कुरालाई राप्ती समाज युकेको ‘भावेश भुमरी सिर्जना साँझ’ले सुरुमात्र गरेको छैन भोलिका दिनमा कहींकतै हराइरहेका स्रष्टाहरूलाई खोज्नका लागि बाटो पनि खोलिदिएको गरेको छ ।
कार्यक्रमको टिप्पणी गर्दै कवि विजय हितानले भन्नुभयो, ‘युकेमा यसरी गीतकारको एकल सिर्जना साँझ कार्यक्रम भएको यो नै पहिलो हो । जुन कार्यक्रमा गीतकारका बारेमा धेरै चर्चा परिचर्चा गरिनु, गीतकारले आफ्ना कुराहरू राख्नु, आफ्ना रचनाहरू वाचन गर्नु, गीतकारकै गीतहरू गाइनु, म्युजिक भिडियोहरू प्रदर्शन गरिनु अनि अडियो गीत सुनिनुले यस कुरालाई बढी प्रस्ट पार्छ ।’
अन्त्यमा धेरै धेरै धन्यवादसहित आभार प्रकट गर्दछु, राप्ती समाज युके, फोक्स्टोन नेपाली समाज युके र मगर संघ केन्ट शाखा युकेका सम्पूर्ण सदस्यहरू, उपस्थित सम्पूर्ण महानुभावहरू । कार्यक्रम संयोजक हरि बुढामगर, परिकल्पनाकार एवम् मेरा गीतहरू गाइदिनुहुने गायक गणेश पुन, कार्यक्रमका टिप्पणीकार कवि विजय हितान, मगर संघ युकेका उपाध्यक्षद्वय बम थापा सूर्यवंशी र सीता पुन, महासचिव लाल पुन, गीतकार सङ्गीता वायुङ राई, गायक तथा सङ्गीतकार गङ्गा थापा, कार्यक्रम सञ्चालिका कवि करिष्मा घम र मेरा प्रिय मित्र प्रकाश राना ।
कार्यक्रमका सभापति टीका ठकुरीज्यू र प्रमुख अतिथि फोक्टोन नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङज्यूमा हार्दिक नमन ।






