लन्डन । स्याङ्जा समाज यूकेले शनिबार २० जुनका दिन वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ कार्यक्रम सम्पन्न गरेको छ ।
फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा भेटघाट र समर बीबीक्यू विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो । समाजकी अध्यक्ष रुपा गुरुङको अध्यक्षता र लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आलेको प्रमुख आतिथ्यता र रिडिङको ब्याटल वार्डकी काउन्सिलर प्रतिक्षा गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेखि गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर योज तमु लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उपाध्यक्ष भीमबहादुर गुरुङको संयोजकत्वमा भएको कार्यक्रमको आकर्षण राफल ड्र र नेपालबाट आएकी गायिका शर्मिला गुरुङलगायतको सांगीतिक प्रस्तुति रहेको थियो । राफल ड्रका लागि दिप ज्वेलर्सका प्रोपाईटर प्रेम र कमला विश्वकर्मा दम्पतीले ५१० पाउन्ड बराबरको सुनको तिलहरी प्रायोजन गरेका थिए ।
स्याङ्जा समाज यूके २०२० सालमा स्थापना भएको हो । अहिले रुपा गुरुङले तेस्रो कार्यसमितिको नेतृत्व गरिरहेकी छन् भने आमा अध्यक्षमा पार्वती गुरुङ रहेकी छन् ।



























तस्बिर : कमलादेवी गुरुङ र भरत गुरुङको फेसबुकबाट






