अरुण चौधरीले जग्गा हडपेको विषय विनोद चौधरीले थाहा छैन भन्नु लज्जास्पद: आर के त्रिपाठी

SHARE:

लण्डन २ फेब्रुअरी २०२४ ।

करिब ३ अर्ब मुल्य पर्ने बाँसवारी जुत्ता कारखानाको नामना रहेको जग्गा किर्ते गरेको हो वा होइन ? पछि अदालतले प्रमाणीत गर्ला नै ।

नेपालको ठूलो व्यापारिक घरना भन्दै मान,शान इज्जत,सदैब पाएको बिनोद चौधरिको भाई अरुण चौधरीले १० रोपनी जग्गा किर्ते गरी ३० साल अघि नै आफ्नो कम्पनीको नाममा लिएको भन्ने खबर देख्दा दुःख लाग्यो ।

यती प्रख्यात,राज्यले,जनताले,राजनितीले सदैब शान,मान,दिएको विनोद चौधरीको परिवार नै यस्ता कालो किर्ते कर्तुतमा संलग्न भएको भनि भविष्यमा यदि प्रमाणीत भयो भने गल्ती गर्ने त जेल जालान् तर यसले सम्पूर्ण व्यापारीक घराना प्रति हेरिने दृष्टीकोण नकारात्मक पर्दछ।

सम्पती जोड्न,कमाउन नेपालका सबै पक्ष आफ्नो शान,मान,इज्जत,प्रतिष्ठा,पूर्खाको इतिहाँस र इज्जत सबै बेच्न तयार छन् भन्ने नराम्रो सन्देश जानेछ । नेपाली कांग्रेस पार्टीले केन्द्रिय नेता भन्नु भनि उर्दि जारी गरेको नेता माननीय सांसद विनोद चौधरीको सहोदर भाई अरुण चौधरीले यो जग्गा हडपेको विषय विनोद चौधरीले थाहा नै छैन भन्नु अर्को लज्जा बोधको विषय भएको छ ?

आफ्नै भाईलाई १० रोपनि जग्गा कहाँबाट प्राप्त भयो भन्ने विषय विनोद चौधरीलाई ३० बर्ष सम्म जानकारी नहुने विषय हुनै सक्दैन जस्तो लाग्छ । भन्न त जे भने पनि नेपालमा चल्छ नै ।

अहिले सम्म यस्ता किर्ते घटना ठूला भनाउँदा भन्नेहरु बाट पटक पटक दोहरिंदा दुर्गा प्रसाईंको लोक प्रियता हवात्तै बढ्ने अनुमान गर्न सकिन्छ । यस्ता कार्यले नेपालको प्रजातन्त्रको भविष्य राम्रो देन्दिन म ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!