सुमलकुमार गुरुङ – नेपाल
काठमाडौं : दिनांक ०२ फेब्रुअरी २०२४ को दिन प्रधानमन्त्री कार्यालयमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङ र महासचिव हेम छन्त्यलद्वयले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई जाजरकोटस्थित भूकम्प पीडितहरुका लागि संस्थाले उठाएको तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
सोही कार्यक्रममा छन्त्याल संघ यूकेद्वारा उठाएको डेढ लाख बराबरको रकमको चेक पनि छन्त्यल संघ नेपालका अध्यक्ष, मोहन छन्त्याल र छन्त्याल संघ बेलायतका अध्यक्ष हेम छन्त्यालद्वारा प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङले प्रधानमन्त्रीलाई रकम सानै भए तापनि भौतिकरुपमा भेटेर रकम हस्तान्तरण गर्न पाउँदा खुसी जाहेर गरेका थिए भने जवाफमा प्रधानमन्त्रीले यो सदासयता र पींडितहरुप्रतिको सहयोग गर्ने ठूलो स्पिरिट रहेको बताएका थिए ।






