बेलायतमा आनी छोइङ डोल्माको आकर्षक प्रस्तुतिमा कन्सर्ट सम्पन्न

SHARE:


लन्डन ७ मे २०२४ । लोकप्रिय गायिका आनी छोइङ डोल्माको आकर्षक प्रस्तुतिमा क्याम्बर्लीस्थित कन्ट्री क्लबको अन्तर्राष्ट्रिय कन्सर्ट हलमा ‘इनर मेलोडी फर इनर पिस लाइभ’ कन्सर्ट सम्पन्न भएको छ ।

पन्ध्र सय हाराहारीमा दर्शक सहभागितामा मानवसेवा आश्रम नेपालको सहयोगार्थ गत मे ५ मा पृथक कन्सर्ट भएको हो । मानवसेवा आश्रमको भवन निर्माण परियोजनालाई कोष जुटाउन आश्रमको बेलायत शाखाले गरेको उक्त लाइभ च्यारिटीबाट संकलन भएको कोष विवरण छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएका छन् ।

कन्सर्ट अवधिभर गायिका आनी छोइङले आफ्नो प्रेरणादायी प्रवचन दिंदै गीत गाइन्, प्रार्थना गरिन् र मन्त्र सुनाइन् । फूलको आंखामा, बुद्धम शरणम गच्छामी, आमा, ओम शान्ति ओम…लगायत दर्जन आध्यात्मिक गीत प्रस्तुत गरेर दर्शकलाई बेलायतको तनावपूर्ण जीन्दगीबाट एकछिन भए पनि टाढा लगिन् ।

विदेशी आयोजकहरुको निमन्त्रणामा प्रस्तुति दिंदा एकै प्रस्तुतिका लागि करोडसम्म पारिश्रमिक लिने गरेकी उनले यो कन्सर्टमा भने नितान्त मानवसेवा आश्रमका लागि स्वयंसेवी भावनाले प्रस्तुति दिइन् । नेपालबाट आएका वाद्यवादकहरुको बेजोड लाइभ सांगीतिक धुनले पनि सहभागी सबैलाई आकर्षित गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मानव सेवा आश्रमको उद्देश्य निकै अनुकरणीय र प्रशंसनीय रहेको भन्दै संस्थाले गरिरहेको मानव सेवामा सबैलाई साथ दिन आग्रह गरे ।

औपचारिक सत्रमा मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले आफ्नो परोपकारी संस्थाले २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारिरीकरुपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने लक्ष्य राखी देशव्यापीरुपमा सेवा प्रवाह गर्दै आइरहेको बताए ।

उनले मानवता प्रवर्धन महाअभियानमा बेलायतवासी नेपालीको सहयोगप्रति आभार व्यक्त गर्दै देशभर निर्माण भइरहेको भवनका लागि सहयोग गर्न सबैलाई अपिल गरे ।

अधिकारीले हाल १९ जिल्लामा २४ केन्द्रहरुबाट मानव सेवा आश्रमको सेवा सञ्चालन भइरहेको जनाउंदै १७०० जना बेसहाराले अहिले खाना, नाना, स्वास्थ्य र शिक्षा पाइरहेको उल्लेख गरे ।

अहिले १६ जिल्लामा संस्थाको आफ्नै सेवा केन्द्र भवन निर्माणाधिन रहेको पनि अधिकारीले जनाए ।

मानव सेवा आश्रम बेलायत अध्यक्ष सुनिलबाबु खड्काले एक वर्ष अगाडि मात्रै यूके शाखा स्थापना गरि केन्द्रको अभियानमा सहयोगी बनेको जनाउंदै मनकारी महान मनहरुलाई आखिर लैजाने त केहि होइन, सबै यहीं यतै छाडेर जाने भएकाले जानु अघि आफूलाई र छाडेर गएपछि परिवारलाई आनन्दित बनाइरहने कर्म गर्न अपिल गरेका थिए ।

कार्यक्रममा मानवसेवा आश्रम यूकेका सचिव यादव श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । उनले सहयोगी सबैप्रति आभार पनि व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!