लन्डन १० मे २०२४ । बेलायतमा सातौँ लोकदोहोरी स्वर्णिम साँझ तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको दशौँ वार्षिक उत्सव यही मे १८ मा हुने भएको छ ।
लोकदोहोरी स्वर्णिम साँझ फार्नबोरोस्थित स्यामुएल कोडी स्कुलमा आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । चर्चित लोकगायक राजु ढकाल, सम्झना लामिछाने, जमुना राना, मनमाया वाइबा, वसन्त लम्साल, सपना गाह, भूमिका गिरी र प्रेप बिबाश घर्तीले धमकेदार प्रस्तुति दिनेछन् ।
टिकटदर एड्भान्स लिनेलाई १० पाउन्ड र डोरमा लिनेका लागि १५ पाउन्ड तोकिएको छ ।






