लोकदोहोरी स्वर्णिम साँझमा बेलायतवासी नेपाली नाचे छमछमी

SHARE:


लन्डन १९ मे २०२४ । बेलायतको फार्नबोरोमा आयोजित सातौं लोकदोहोरी स्वर्णिम साँझमा नेपाली चर्चित कलाकारहरुले दर्शकलाई नचाएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले स्यामुएल कोडी स्कुलमा शनिबार आयोजना गरेको स्वर्णिम साँझ तथा दशौँ वार्षिक उत्सव कार्यक्रममा नेपालदेखि आएका चर्चित कलाकारहरू लोकगायक राजु ढकाल, सम्झना लामिछाने, जमुना राना, मनमाया वाइबा, वसन्त लम्साल, सपना गाह, भूमिका गिरी र प्रेम विवस घर्तीले धमकेदार प्रस्तुति दिँदा दर्शकहरु उत्साहीसाथ नाचेका थिए ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष लक्ष्मण राना मगरले गरेका थिए । औपचारिक कार्यक्रम संस्थाका सचिव रत्न शाही र सांगीतिक कार्यक्रम संस्थाका उपाध्यक्ष कल्पना श्रीपालले सञ्चालन गरे । कार्यक्रममा ३०० भन्दा बढी दर्शक सहभागी भएको आयोजकले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!