फिल्म ‘कार्साङ’को छायांकन सुरु, बेलायतवासी नायिका सिर्जनाको डेब्यू

SHARE:

काठमाडौं १ अगस्ट २०२४ ।  बेलायतवासी नवनायिका सिर्जना निङ्लेक डेब्यू फिल्म ‘कार्साङ’को छायांकन सुरु भएको छ ।

यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको फिल्मको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पूजा गरी छायांकन थालिएको हो ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिनुभयो । केही दिन अघि यस फिल्मको कलाकार र निर्देशकीय टिमको उपस्थितिमा काठमाडौंमा कार्यशाला (वर्कशप) चलेको थियो । 

बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमूर्हत गरिएको फिल्मको मुख्य कलाकारमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहनुभएको छ । यसै फिल्ममार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै हुनुहुन्छ ।

सृजनाले केही म्युजिक भिडिओमा काम गर्नुभएको छ भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसक्नुभयो । उहाँ टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुनुहुन्छ ।

यस्तै, फिल्ममा माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।

यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका निर्देशक यम शेर्पालेको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उहाँ स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । 

यस फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुनुहुन्छ । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुनुहुन्छ ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोख संगीत निर्देशक रहने फिल्मको मुख्य सहनिर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सहनिर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहनुभएको छ ।

फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!