लन्डन २ अगस्ट २०२४ । डीएमटी ब्यान्ड यूकेले आगामी २५ अगस्टमा लाइभ म्युजिक तथा सांगीतिक धमाका गर्ने भएको छ ।
अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा नेपालबाट आएका चर्चित गायिका ललिता पुन र गायक सन्तोष पुनका साथ धमाका हुने भएको हो ।
डीएमटी ब्यान्डका संयोजक तथा बाँसुरीवादक दिनेश गुरुङका अनुसार कार्यक्रममा लोक तथा आधुनिक गीत प्रस्तुत गरिनेछ । गीत संगीतका पारखीलाई कार्यक्रममा उपस्थितिका लागि उनले अनुरोधसमेत गरेका छन् ।
लाइभ म्युजिकमार्फत बेलायतवासी स्थानीय दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको ब्यान्डले जनाएको छ ।






