मिस नेपाल- २०२४ बनिन् आश्माकुमारी केसी

SHARE:


काठमाडौँ ३ अगस्ट २०२४ । सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज आश्माकुमारी केसीले जितेकी छन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणअन्तर्गत शनिबार भएको ग्राण्ड फिनालेमा आश्माकुमारीले ‘मिस नेपाल वर्ल्ड’को उपाधि उचालेकी हुन् । २५ सुन्दरीलाई पछि पारेर विजेता बबनेकी केसीलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन लगाइदिएकी थिइन् ।

मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् । अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्माकुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बने । हरेक विधाका विजेताले २५-२५ हजार नगद पुरस्कार हात पारे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!