म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७ चिमखोलाका सुन्दरी नितु पुन मगरले मिस युनिभर्स नेपाल २०२४ मा भाग लिने भएकी छिन् । नितु पुनले लाङ्काष्टर युनिभर्सिटी म्यानेजमेन स्कुलबाट अर्थशास्त्रमा स्नाकोत्तर गरेकी छिन् भने पेशाले उनि ब्यबस्थापन परामर्शदाता हुन्।
नितु पुनको पुर्ख्यौली घर चिमखोला भएतापनि पिता चौ बहादुर पुन र माता खमया पुनको कोखबाट उनको जन्म पोखराको नदीपुरमा जन्मिएकी हुन् भने हालमा उनि बेलायतको डोनकाष्टर भन्ने शहरमा उनका माता र पितासंग बसोबास गर्दै आएकी छिन् ।
नितु पुन चिम्खोलाको पहिलो सुन्दरी हुन् जसले पहिलो पटक म्याग्दी जिल्लाको सुन्दर गाउँ चिम्खोलाको प्रतिनिधित्व गर्दै मिस युनिभर्स नेपाल २०२४ मा भाग लिदै छिन्।
नितु पुनले देश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदी बहिनिहरुलाई खल्तीएप डाउनलोड गरेर कन्टेसटेन नम्बर २३ लाई भोट गरिदिनको लागि अनुरोध गरेकी छिन्।
नितु पुन सन् २००९ मा बेलायत आएकी हुन्। उनको प्राराम्भिक शिक्षा पोखराबाट शुरु गरेको भएतापनि जीसीएसइ दनम माध्यामिक बिद्यालय डोनकाष्टरबाट उतिर्ण गरेकी हुन् । नितु पुनले कलेजको अध्ययन हलक्रस कलेज डोनकाष्टरमा गरेकी हुन् भने हल युनिभर्सिटीबाट म्यानेजमेन बिषयमा स्नातक उतिर्ण गरेकी छिन्।






