
काठमाडौं १३ सेप्टेम्बर २०२४ । नेपालको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको गाडी दुर्घटनामा मृत्यु भएको छ ।
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान रा १ झ २०० नम्बरको पिकअप दुर्घटना हुँदा भुपेन्द्रासहित तीन जनाको मृत्यु भएको हो । अन्य मृतकहरुको सनाखत भइसकेको छैन । एक जना घाइते भएका छन् । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जिप आज बिहान दुर्घटना भएको हुँदा २ महिला र १ पुरुषको ज्यान गएको हो । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।
उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ । घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ। घाइतेलाई धौलागिरि अस्पतालमा उपचारका लागि लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।






