६ गोर्खा राइफल्सको वार्षिक भेटघाट सम्पन्न

SHARE:

सनिवार १४ सेप्टेम्बर २०२४ का दिन ६ गोर्खा राइफल्सको बार्षिक भेटघाट बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी कलेजमा भब्यताकोसाथ सम्पन्न भएको छ।

वार्षिक भेटघाट कार्यक्रम ६ गोर्खा राइफल्स बेलायतका संयोजक मेजर खुशिमान गुरुङले दीप प्रज्वलन गर्दै उपस्थित सम्पूर्ण ६ गोर्खा राइफल्सका सदस्यहरुलाई स्वागत गरेका थिए भने ६ गोर्खा राईफल्स बेलायतका चियरमेन बृगीदियर डंकन ब्रिग र नेपालका चियरमेन मेजर चन्द्र गुरुङले शुभकामना मन्तब्य राखेका थिए।

उक्त भेटघाट कार्यक्रममा आ-आफ्नो कम्पनी साथै नेपाल कप फुटबल टिम र बटालियन सुटिङ टिमको फोटो खिच्ने कार्यक्रम रहेको थियो।

यस बर्षको भेटघाट कार्यक्रममा नेपालबाट बेलायत आएका चर्चित कलाकारहरु सबिना गुरुङ, लक्ष्मी गुरुङ, आरुसी मगर र स्थानीय कलाकारहरु क्याप्टेन बिर बहादुर थापा र खमिर जंग गुरुङले आ-आफ्नो प्रस्तुति दिएर ६ गोर्खा राईफल्सका सदस्य तथा उनका परिवारहरुलाई भरपुर मनोरंजन दिएका थिए।

संयोजक मेजर खुशिमान गुरुङ उपसंयोजक अमृत गुरुङले प्रायोजन गरेको राफल ड्र कार्यक्रम कुमार गुरुङले संचालन गरेका थिए।

बाषिक भेटघाट कार्यक्रमको संयोजक मेजर खुशिमान गुरुङले गरेको कार्यक्रमलाई गोलमान गुरुङले संचालन गरेका थिए भने उपसंयोजकको भूमिका अमृत गुरुङले निभाएका थिए। उक्त भेटघाट कार्यक्रममा ६ गोर्खा राईफल्सका अफिसरहरुलगायत झन्डै चार सयजनाको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!