शुक्रवार २० सेप्टेम्बर २०२४ – बेलायत । नेपाल पत्रकार महासंघ (एफएनजे) युकेले नेपाली दूतावास लण्डनमा बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
एफएनजे युकेले नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख तथा कार्यवाहक राजदूत रोशन खनाल र सचिब रामबाबु नेपाललाई बिदाइ गरेको छ भने दूतावासका नयाँ सचिब झुपलाल पुनलाई स्वागत गरेको छ।
बिदाइ तथा स्वागत कार्यक्रममा एफएनजे युके अध्यक्ष तथा गोर्खा च्यानेलका सम्पादक बिमला सेने, उपाध्यक्ष तथा लन्डन नेपाल डटकमका सम्पादक शिब भण्डारी, सदस्य तथा नेपाली समाचार पत्रका सहसम्पादक गोमा राना, सदस्य तथा सितलपाटी नियूसका सम्पादक बाचस्पति रेग्मी, सदस्य तथा एभरेष्ट टाईम्सका प्रबन्ध निर्देशक नगेन्द्र राज नेम्बाङ र केन्द्रिय प्रतिनिधि तथा एभरेष्ट टाईम्सका सम्पादक दुत पुन (चिम्खोले काईला) को उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष सेनेले कार्यवाहक राजदूत खनाल र सचिब नेपाललाई बेलायतमा रहदा बेलायतवासी नेपाली तथा महिलाहरुलाई दिएको योगदान, माया र हौसलाको प्रसंशा गर्दै हार्दिक धन्यवाद दिएका छन्। त्यस्तै रोशन खनालले पनि बेलायतमा रहदा बेलायतवासी पत्रकारहरुले दिएको माया, योगदान र खेलेको भूमिकाको बारेमा खुलेरै प्रसंशा गरेका छन।







