काठमाडौं २३ सेप्टेम्बर २०२४ । संगीतकर्मी सागर तामाङको निर्देशिन ‘दर्पण हेर्ने एनामा’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लालबहादुर योन्जनको शब्द रचना र विश्व दोङको संगीत रहेको उक्त गीत शनिबार सागर मुभि क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा वरिष्ठ गायिका इन्द्रिरा गोले गुरुङ र कृष्ण वाइबा तामाङले स्वर दिएका छन् ।
गीतमा नोर्बु शेर्पाको एरेन्ज रहेको छ । म्युजिक भिडियोमा अभिनय भने मोडल तथा नायक अमिर दोङ, मोडलहरू सरिता तामाङ र सूर्यमान वाइबा तामाङको रहेको छ । भिडियो सम्पादन कोरियोग्राफरसमेत रहेका सागरले गरेका छन् ।






