मगर महिला संघ युकेले मनाए स्थापना दिवस

SHARE:

 

देबी आले – बेलायत

गत सनिवार २७ सेप्टेम्बरको दिन मगर महिला संघ युकेले २७ सौं नेपाल मगर महिला स्थापना दिवस बेलायतको रेडिङ शहरमा मनाएका छन् ।

स्थापना दिवसको पहिलो चरणमा सरस्वती थापाले आपतकालीन स्थितिको बारेमा सूचना दिएको थिए भने संस्थाका उपाध्यक्ष सरला रानाले स्वागत मन्तब्य दिएका थिए।

दिवसको दोस्रो चरणमा प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष सिता पुन, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, मगर संघ युकेका महिला उपाध्यक्ष निर्मला थापा, निबर्तमान नेपाल मगर संघ यूरोप संयोजक शान्ति कुवर, मगर महिला संघ युकेका निबर्तमान अध्यक्ष हिमाली राना, निबर्तमान अध्यक्ष छबि पुन, साल्लाहकारहरु शोभा राना, नरमती पुन, मगर बौद्ध संघका अध्यक्ष टिका दर्लामी र मगर संघ युके रेडिङ शाखाका अध्यक्ष सोब रेगामीले शुभकामना मन्तब्य दिएका थिए।

स्थापना दिवसमा निबर्तमान अध्यक्ष छबि पुनले मगर महिला संघ युकेले दृष्टिबिहिन गायिका मन्दिरा थापा मगरलाई २ लाख ६५ हजार ५ सय सहयोग गरेको बारेमा अबगत गराएका थिए।

त्यस्तै नेपाल मगर महिला स्थापना दिवसको उपलक्षमा मगर संघ युकेका सल्लाहकार देबी आलेले कबिता वाचन गरेका थिए भने नेपालबाट बेलायत आएका र स्थानीय कलाकारहरुले उपस्थित महानुभाबहरुलाई भरपुर मनोरंजन दिएका थिए।

मगर महिला संघ युकेका अध्यक्ष बिष्णु श्रीस अध्यक्षतामा सम्पन्न स्थापना दिवसको प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष सिता पुन थिए भने कार्यक्रम संस्थाका महासचिब मनु पाइजाले संचालन गरेका थिए।

मगर महिला स्थापना दिवसमा मगर संघ युकेका पदाधिकारीहरु, शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु र मगर महिला संघ युकेमा आबद्ध सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम सफल भएकोमा अध्यक्ष बिष्णु श्रीसले नेपालबाट बेलायत आएका कलाकार, स्थानीय कलाकारलगायत उपस्थित सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!