गाहामगरले राप्रपा अध्यक्ष लिङ्देनलाई बुझाए ज्ञापनपत्र

SHARE:

लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेस र एमालेको वहुमत सरकारले संविधान संशोधन गर्ने चर्चा चलिरहेका बेला गाहामगरले गत आइतबार अल्डरसटमा आयोजित एक जनसभामा लिङ्देनलाई ज्ञापन बुझाएका हुन् ।

उनले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि ज्ञापन बुझाएका थिए ।

राप्रपा केन्द्रिय नेताहरु यतिखेर बेलायत भ्रमणमा छन् ।

झण्डै १९ महिनापछि लिङ्देनलाई उही विषयको ज्ञापनपत्र बुझाएर सहयोग अनुरोध गरेको गाहामगरले बताए ।

ज्ञापनमा गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको मागको सम्बोधन गर्न, वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०, उपदफा १ मा उल्लेख भएको विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने भन्ने प्रावधान संशोधन गर्न जोड दिइएको छ ।

गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन गैरआवासीय नेपाली संघ यूकेको माग छ ।

नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता नहुने एनआरएनए यूकेको धारणा छ ।

साथै ज्ञापनमा गोर्खाहरु त्रिपक्षीय सन्धि अन्तर्गत भर्ती भएर आएकाले गोर्खा तथा निजका सन्ततिहरुको नेपाली नागरिकता कायमै रहने व्यवस्था गर्न पनि जोडदार माग छ ।

ज्ञापन बुझ्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको मुल मुद्दा पनि वंशजको नेपाली नागरिकता निरन्तरता भएकाले एनआरएनए यूकेको चासोलाई सम्बोधन 
गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!