पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई प्रेस काउन्सिलको निर्देशन [पत्रसहित]

SHARE:


लन्डन २५ सेप्टेम्बर २०२४ । प्रेस काउन्सिल नेपालले समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई निर्देशन दिएको छ ।

तथ्यहीन र भ्रामक समाचार सामग्री प्रकाशित/प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघ, युके शाखाले दिएको उजुरी सुनुवाइ गर्दै काउन्सिलले बुधबार नेपालब्रिटेन डटकमलाई सचेत गराएको हो । यस्तै काउन्सिलले सम्प्रेषित सामग्रीका सम्बन्धमा आएका खण्डन एवं प्रतिक्रियालाई स्थान दिई तीन दिनभित्र जानकारी गराउन समेत उक्त अनलाइनलाई भनेको छ ।

‘पत्रकार तथा सञ्चार माध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, कसैमाथि भेद्भाव हुने वा घृणा उत्पन्न हुने किसिमबाट समाचार सम्प्रेषण गर्न नहुने, कसैलाई अनुचित लाभ वा हानी पुऱ्याउने नियत राखी सामग्री सम्प्रेषण गर्न नहुने, सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने, समाचारबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनु कर्तव्य हुने’ पत्रकार आचारसंहिताको व्यवस्थाबारे यहाँलाई अवगत नै छ,’ काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले लेखेको पत्रमा भनिएको छ, ‘अतः सम्प्रेषित सामग्रीका सम्बन्धमा सम्बन्धित पक्षबाट पेस भइ आएको खण्डन एवं प्रतिक्रियालाई स्थान दिइ ३ दिनभित्र काउन्सिललाई जानकारी गराउन निर्देशानुसार सूचित गरिन्छ ।’

नेपालब्रिटेन डटकमबाट ‘पत्रकार महासंघ यूकेको अध्यक्ष विमला सेने होइनन् !’ शीर्षकमा सम्प्रेषित सामग्रीउपर नेपाल पत्रकार महासंघ यूकेले गत असोज २ गते काउन्सिलमा उजुरी दर्ता गरेको थियो । काउन्सिलले नेपालब्रिटेन डटकमलाई पठाएको पत्रको बोधार्थ नेपाल पत्रकार महासङ्घ, युके शाखालाई समेत दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!