युवराज मगरको ‘परदेशीको सम्झनाले छाती चर्कियो’ गीत सार्वजनिक

SHARE:

लन्डन २९ सेप्टेम्बर २०२४ । युवराज मगरको ‘परदेशीको सम्झनाले छाती चर्कियो’ गीत सार्वजनिक भएको छ ।

युवराजको शब्द रचना, उनी स्वयंको आवाज र समीक्षा अधिकारीको महिला भोकलमा रहेको परदेशीको सम्झनाले गीत शुक्रबार युवराज मगर युट्युब च्यानलबाट सार्वजनिक भएको हो । विदेशिएका नेपालीको कथाव्यथा उनिएको गीतको म्युजिक भिडियोमा गणेशमान घले र जुना गुरुङको अभिनय रहेको छ ।

याम बुढाथोकी, चन्द्र पुन, छविमाया पुन र हिरा पुनको संयुक्त प्रस्तुतिमा उक्त गीत तयार भएको हो ।

युवराजले नै निर्देशन गरेको भिडियो सम्पादन बन्दे प्रसाद र सहसम्पादन उपेश थापामगरले गरेका छन् । युवाहरु जन्म दिने बा-आमा, आफ्नो श्रीमती, छोराछोरी गाउँघर घरदेशको माया त्यागेर, संगी साथीलाई चट्ट्कै छोडेर गरिब परिवारमा जन्मिएका त्यो प्रदेशी आफूले पढ्ने बेला र घर परिवारमा लागेको ऋण तिरेर परिवारलाई सुखमा राख्नलगायत विभिन्न सपना बोकी धन कमाउने लोभमा खाडी लगायत मुलुक भासिएका हुन्छन् । परदेशी विभिन्न दु:ख कष्ट झेल्दै पसिना बगाउँदै बिरानो सहर र परदेशी भूमिमा विभिन्न चक्करमा फस्न बाध्य हुन्छन् । बर्सौं बित्दै गयो न परदेशी विदेशीभूमिमा आए, न राम्रो कमाई गर्न सक्यो न ऋण तिर्न सक्यो । न घर परिवार बा-आमा श्रीमती छोराछोरीसँग दसैं, तिहारजस्ता चाड पर्वमा सँगै हुन सक्यो । यस्ता नेपालीको यथार्थ कथालाई गीतमा उतारिएको सर्जक मगरले बताए । उनले यो गीतलाई माया गरिदिन् अपिल गरेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!