
काठमाडौँ १ अक्टोबर २०२४ । नेपालमा केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढी-पहिरो र डुबानका कारण मंगलबार मध्यान्हसम्म २ सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् ।
प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेका छन् ।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । विभिन्न जिल्लामा गएको बाढी, पहिरो र डुबानमा शव भेटिने क्रम जारी रहेको समेत जनाइएको छ ।






