कुसुम काम्बाङको स्वर सजिएको गीत ‘सेवारो हजुर सोल्टी ज्यू’ सार्वजनिक

SHARE:

लन्डन ३ अक्टोबर २०२४ । कलाकार दिल कङलिबाको नयाँ गीत ‘सेवारो हजुर सोल्टी ज्यू’ बजारमा आएको छ । मंगलबार लिम्दुमी क्रियसन युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

पूर्वेली लोक लयमा आधारित गीत र भिडियो लिम्बू जातीको भेषभूषा र संस्कृति झल्काउने गरी निर्माण गरिएको छ । 

गीतमा कुसुम काम्बाङको स्वर, जानु काम्बाङको शब्द तथा डा. अतुको संगीत रहेको छ । एरेन्ज र मिक्सिङ राजु कार्कीले गरेका छन् । 

भिडियोमा दिल कङलिबा र कुसुम काम्बाङको अभिनय रहेको छ । दिल कङलिबाले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा मज्जाको राई सिनेमाटोग्राफर रहेका छन् । 

रुजा लिम्बू, इस्रा राई, दिपशिखा राई, निशम इङनाम र नुमा लिम्बूले आकर्षक नृत्य गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!