
- दल बुढाथोकी
लन्डन ७ अक्टुबर २०२४ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) र भूतपूर्व सैनिक कल्याणकारी समिति नेपाल (नेपाल टिम) ले नेपालमा छिट्टै दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
६ अक्टुबर २०२४ आइतबार सीएनसीबीजी र नेपाल टिमबीच भएको जुम मिटिङले वंशजको नेपाली नागरिकता निरन्तरतासहित आफ्नो विभिन्न मागसहित बृहत् कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकपछि सीएनसीबीजीले अब छिट्टै नेपाल टिम र सीएनसीबीजीले नेपालमा एउटा दबाबमूलक बृहत् कार्यक्रम गर्ने साथै बेलायतमा अक्टोबर महिनामा बेलायतका लागि नेपाली राजदूत आएपछि दूतावास पुगेर ज्ञापनपत्र बुझाउने र पहिला बुझाएको ज्ञापनपत्रको बारेमा सरकारको धारणा माग्ने निर्णय भएको जानकारी दिए ।
नेपालमा ज्ञापनपत्र बुझाउन र कार्यक्रम तय गर्न उपाध्यक्ष दलबहादुर बुढाथोकी र नेपाल टिमलाई समन्वय गरेर कार्यक्रम तय गर्ने जिम्मा बैठकले दिएको समेत उनले जनाए । गोर्खा र नीजका सन्ततिहरुको निम्ति वंशजको नेपाली नागरिकता आफूहरुको एक सुत्रीय माग रहेको अध्यक्ष रानाले प्रस्ट पारे ।
यस्तै बैठकले हालै नेपालमा गएको बाढी, पहिरो र डुबानपीडितलाई राहत रकम दिनेलगायत निर्णय पनि गरेको छ ।
यस्ता छन् निर्णयहरु
जुम मिटिङ सम्पन्न
अध्यक्ष थर्क रानाको अध्यक्षतामा बसेको मिटिङमा अध्यक्ष लगायत १८ जनाको उपस्थिति थियो भने नेपल टिमबाट संस्थाका उपाध्यक्ष हुम बहादुर थापा र वरिष्ठ अधिवक्ता एवं संस्थाका सचिव चेत आलेज्यू उपस्थित हुनु भएको थियो। मिटिङमा निम्नलिखित् बुँदाहरुमा केन्द्रित रहेर छलफल र् निर्णय गरियो।
एजेन्डाहरु:
१. नेपाल टिमसंग नेपालमा निकट भविष्यमा गर्न सकिने कार्यक्रमको सम्बन्धमा,
२. बाढी, पहिरो र दुबान पिडितहरुको निम्ति सहयोग (Nepal Disaster Relief Donation (NDRD)को बारेमा ।
३. मेम्बरशीप संकलन सम्बन्धमा ।
४. विभिन्न ठाउँमा जानकारी तथा जागरण कार्यक्रम सम्बन्धमा ।
५. विविध ।
छलफल र निर्णय
१. सर्वप्रथम अध्यक्ष रानाले संस्थाको सिएनसिबिजिको अहिलेको अवधारणा के हो र कसरी नेपाल टिमसंग मिलेर हाम्रो कार्यक्रमलाई दबाब मुलक र सफल बनाउन सकिन्छ भनेर सुनाउनु भयो।
२. त्यसपछि अध्यक्षको अवधारणालाई मध्यनजर गर्दै आफ्नो धारणा राख्ने क्रममा भूपू सैनिक कल्याणकारी समितिका सचिव चेत आलेज्यूले हामीले प्रधानमन्त्री र मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएका छौं र फेरी पनि बुझाउनु पर्छ तपाईंहरुले बेलायतमा मात्र होइन् नेपलमा भएका गोर्खाहरु र उनीहरुको परिवारहरुलाई पनि अभियानमा सरिक बनाउन प्रेरित गर्नुपर्छ् । यदि नेपाल सरकारले हाम्रो मागको वास्ता गरेन र संवोधन गरेन भने हामी visible हुनेगरी गरी वा हाम्रो मुद्दा अदालात दर्ता गर्न जानुभन्दा पहिला विभन्न कोण र समाजबाट व्यापक जनदबाब सिर्जना गर्नेगरी कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै अहिले नेपाल सरकारले नागरिकता सम्बन्धमा छुट्टै एउटा संसदीय समिति गठन गरेको छ सिएनसिबिजिले उक्त समितिसंग पनि समान्वयन गर्नुपर्नेमा वहॅाले थप सुझाव दिनुभयो ।
४. त्यस्तै समितिका उपाध्यक्ष हुम बहादुर थापाज्यूले हालै नेपालमा गएको बाढी, पहिरोबाट पिडितहरुकालागि गरिने राहत संकलन सिधै प्रधानमन्त्री लाई बुझाउँदा वहाँलाई भेटने समय मिलाउन पनि सजिलो हुने र हाम्रो मागको बारेमा कुरा गर्न पनि मौका पाउने मिल्ने भएकोले त्यसकोलागि वहाँले नेपाल टिमबाट पनि सहयोग रकम उठाउने आश्वासन दिनु भयो ।
६. छलफलको क्रममा हालैको दिनमा विभिन्न गोर्खाजन्य संस्थाहरुमा पुगेर awareness कार्यक्रमहरु गर्दा उत्साह जागएको तर उत्साहजनक रुपमा मेम्बरशीप भने नबनेकोले अब कार्यक्रम स्थलमै सदस्यता बनाउन जोड दिने ।
७. सबैलाई आकर्षण र पारदर्शी गराउन संस्थाको वेव साइट बनाउने ।
८ सिएनसिबिजिले बेलायतमा बाढी, पहिरो र दुबान पिडितहरुको लागि राहत संकलन गर्ने अन्तिम मिति ५ मंगलबारको दिनसम्म राख्ने। त्यसदिन जे जति रकम जम्मा हुन्छ हिसाब किताब गरेर नेपल टिमलाई पठाउने। यो एउटा मानवले अर्को पिडामा परेको मानवमाथि देखाउने सद्भाव र भएकोले तपाईं हामी यहाँ मनोरञ्जनमा सयौं पाउण्ड खर्च गर्छौं । त्यसको ठाउॅमा आफ्नो खर्च अलिकति कम गरेर भएपनि यस्तो कल्याणकारी कार्यमा १०/१५ पाउण्ड सहयोग गर्नहुन हामी सबैमा अव्हान गर्दछौं । उक्त रकम सॅकलन बन्द गरेको दिन हिसाब किताब गरेर सहयोग दाताहरुको विवरण सहित नेपाल टिमलाई पठाउने र नेपाल टिमले एकमुष्ट रुपमा प्रधानमन्त्रीलाई बुझाउने ।
अन्तमा: अध्यक्ष थर्क रानाज्यूले अब छिट्टै नेपाल टिम र सिएनसिबिजिले नेपालमा एउटा दबाबमुलक वृहत कार्यक्रम गर्ने साथै यहॅा बेलायतमा अक्टोबर महिनामा बेलायतकालागि नेपाली राजदूत आएपछि दूतावास पुगेर ज्ञापनपत्र बुझाउने र पहिला बुझाएको ज्ञापनपत्रको बारेमा सरकारको धारणा माग्ने । नेपालमा ज्ञापनपत्र बुझाउन र कार्यक्रम तय गर्न उपाध्यक्ष दल बहादुर बुढाथोकी र नेपाल टिमलाई समन्वय गरेर कार्यक्रम तय गर्ने जिम्मा दिंदै हाम्रो माग भनेको गोर्खा र नीजका सन्ततिहरुको निम्ति वंशजको नेपाली नागरिकता नै हो । त्यो एक सुत्रिय मागमा हामीहरु स्पष्ट छौं भन्दै समापन गर्नुभयो ।






