फोक्स्टोन नेपाली कम्युनिटिले धुमधामको साथ दशैं मनाए

SHARE:

 

राम पुन – बेलायत।

फोक्स्टोन नेपाली कम्युनिटिले आइतवार २० सेप्टेम्बरका दिन “द लिज किलिफ हल” मा दशैं २०२४ धुमधामको साथ मनाएका छन।

दशैं कार्यक्रमको पहिलो चरणमा उपस्थित महानुभाबहरुलाई आपतकालीन स्थितिको बारेमा सूचना अबगत गराएपछि प्रमुख अतिथि डेपुटी लेफ्टेनेण्ट अफ केन्ट सुसी वारेन्ट, बिशेष अतिथि मेजर दिल्ली कुमार राई (गोर्खा मेजर टु आरजीआर) र फोक्स्टोन नेपाली कम्युनिटिका अध्यक्ष क्याप्टेन राम पुनले क्याडल बालेर औपचारिक कार्यक्रमको थालनी गरेका थिए।

उक्त कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएपछि हालसालै नेपालमा प्राकृतिक प्रकोप तथा बिपत्तिद्वारा दिबंगत भएका नेपालीहरुको संझनामा दुइ मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकारहरुले बिभिन्न किसिमको सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने नेपालबाट बेलायत आएका चर्चित डान्सर आरुसी मगरले आफ्नो नृत्य प्रस्तुत गरेका थिइन्। सांस्कृतिक कार्यक्रम सांस्कृतिक सचिब र सह सचिबले संयोजन गरेका थिए भने बिएफबिएस गोर्खा रेडियोका लोकप्रिय प्रस्तोता आशा पुनले कार्यक्रम संचालन गरेका थिए। सांस्कृतिक कार्यक्रममा भाग लिएका र कम्युनिटीमा योगदान दिएका स्वयंसेवकहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए।

उक्त कार्यक्रममा दोस्रो उपाध्यक्ष ममता गुरुङ र महिला संयोजक इन्दिरा राईको संयोजकमा राफल ड्र संचालन भएको थिय भने निम्न संस्था तथा व्यक्तिहरुले प्रयोजन गरेका थिए। दशैं केक प्रायोजन, मिस्टर तारा क्याटल (केक बक्स फोक्स्टोन) ले गरेको थियो भने राफल ड्रको पहिलो पुरुस्कार, आधी टोला सुन, लेमोन लिफ रेटुरेण्टले प्रयोजन गरेको थियो। अन्य पुरुस्कारहरु ट्रस्टी झपिन्द्र थापा, मिस्टर मार्क कनाटन र एफएनसी एन्ड चाट ग्रुपले प्रयोजन गरेका थिए।

प्रमुख अतिथि डेपुटी लेफ्टेनेण्ट अफ केन्ट सुसी वारेन्ट, बिशेष अतिथि मेजर दिल्ली कुमार राई (गोर्खा मेजर टु आरजीआर) ले दशैको शुभकामना मन्तब्य दिएका थिए। त्यस्तै फोक्स्टोन नेपाली कम्युनिटिका अध्यक्ष क्याप्टेन राम पुनले उपस्थित पाहुनाबर्गहरु र फोक्स्टोन नेपाली कम्युनिटीका सम्पूर्ण सदस्यहरुलाई दशैंको शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम सफल बनाउनको लागि अहोरात्र खटिएका कार्यक्रम संयोजक क्याप्टेन सुमन राईलगायत जिम्मेवारी प्राप्त सम्पुर्णलाई सदस्यहरुलाई धन्यवाद दिएका थिए।

फोक्स्टोन नेपाली कम्युनिटिका अध्यक्ष क्याप्टेन राम पुनले अध्यक्षता गरेको कार्यक्रमलाई संस्थाको बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक क्याप्टेन सुमनचन्द्र राइले आपतकालीन स्तिथिको बारेमा सूचना र स्वागत मन्तब्य दिएका थिए भने महासचिब डा. महा राईले संचालन गरेका थिए।

दशैं मनाउनका लागि केन्ट काउन्सिलका चियरमेन, फोक्स्टोन एन्ड हेथ डिस्ट्रिक काउन्सिलका चियरमेन, फोक्स्टोन टाउनका मेयर, फोक्स्टोन तथा हेथका सांसद टोनी भगन, काउन्सिलरहरु, बिभिन्न नेपाली संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुलगायत ४०० जनाको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!