कल्पना गुरुङ – बेलायत
बेलायत निवासी ब्यबसायी तथा ब्युटिसियन कल्पना गुरुङले लोकप्रिय लोक तथा दोहोरी गायक पौडेललाई सुनको औँठी लगाएर बिदाई गरेकी छिन्।
गायक पौडेललाई उनको आफ्नो मीत बा को छोरी बहिनी कल्पना गुरुङ र ज्वाइँ मनकुमार काउछाले सुनको बेरुवा औंठि एबं खदा लगाएर बिदाई गरेका हुन् ।
लोकदोहोरी गायक चोलेन्द्र पौडेल को बुवा स्व. लेखनाथ पौडेल र कल्पना गुरुङ को बुवा स्व. सिताराम गुरुङले सानै उमेरमा मितेरी साईनो लगाउनु भएको थियो ।
गायक चोलेन्द्र पौडेल आफ्नो ३ महिना ४ दिनको बेलायत को सांगीतिक भ्रमण सकेर आज नेपाल फर्केका हुन् । गायक पौडेलले बेलायत रहदा दुई दर्जनभन्दा बढी कार्यक्रममा आफ्नो प्रस्तुति गरेका थिए। गायक पौडेल बेलायत बसुन्जेल आफ्नै बहिनिज्वाईसंग बसेका थिए ।
यसैगरी गायक पौडेल का लागि september 29 का दिन बहिनिज्वाई को संयोजन मा राखिएको बिदाई कार्यक्रममा पाल्नु भएका सम्पुर्ण सघं संस्था एव ब्यक्ति विशेषलाई लाई गायक चोलेन्द्र पौडेल एव बहिनिज्वाई कल्पना गुरुङ र मन कुमार काउछा ले धन्यवाद एवं आभार व्यक्त गर्नु भएको छ । गायक पौडेल nepal britain .com को निमन्त्रणामा बेलायत आउनुभएको थियोे ।






