
लन्डन १५ अक्टोबर २०२४ । बेलायत, नेपालसहित ३४ देशले लेबनानको संयुक्त राष्ट्रसंघीय मिसन (युनिफिल)मा इजरायलले गरेको आक्रमणको निन्दा गरेका छन् ।
इजरायलले लेनबानमा गत आइतबार शान्ति मिसनको एउटा बेसमा आक्रमण गरेको विषयलाई लिएर ती देशहरुले आपत्ति जनाएका हुन् । उनीहरुले राष्ट्रसंघीय मिसनको सुरक्षा गर्न अपिल गरेका छन् ।
नेपालको परराष्ट्र मन्त्रालयले युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दै द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेको छ । नेपालले यस्ता कार्य तुरुन्त रोकिनुपर्ने र उचित छानबिन हुनुपर्ने माग गरेको छ ।
इजरायलको आक्रमणको निन्दा गर्नेमा नेपाल, बेलायतसहित आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड , फ्रान्स,घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्यान्ड, इटाली, काजाकिस्तान, कोरिया, लाटभिया, मलेसिया, माल्टा, मंगोलिया, नेपाल, नेदरल्याण्ड राज्य, पोल्याण्ड , कतार राज्य, सियरा लियोन, स्पेनको राज्य, श्रीलंका, टर्किए, ,आयरल्याण्ड,तान्जानिया छन् ।






