हर्मिटेज नेपाली समुहले दशैं – तिहार मनाए

SHARE:

कुमार गुरुङ – बेलायत

१९ अक्टुबर २०२४ । बेलायतको न्यूबरी शहरको हर्मिटेजमा कार्यरत हर्मिटेज नेपाली समुहले दशैं – तिहार मनाएका छन्।

उक्त दशैं-तिहार कार्यक्रम हर्मिटेजस्थित हेर्मिटेज कम्युनिटी सेन्टरमा सम्पन्न भएको थियो।

कार्यक्रम मिलिटरी पुलिस गार्ड सर्भिस (एमपीजीएस) को नम्बर वान सेक्सनका सेक्सन कमान्डर कर्पोरल योग गुरुङको नेतृत्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संयोजक लान्स कर्पोरल कुमार गुरुङले गरेका थिए।

दशैं – तिहार कार्यक्रममा हेर्मिटेज स्टेसनमा कार्यरत सम्पूर्ण नेपाली दाज्युभाई, दिदीबहिनीलगायत भान्जाभान्जीहरु आ-आफ्नो सांस्कृतिक पहिरनमा उपस्थित भएका थिए ।

उक्त कार्यक्रममा दशैं – तिहारको झल्को मेटाउनको लागि मिस्थान्न भोजन, पेय पदार्थको स्वादसंगै मनोरन्जनको लागि झण्डा – बुर्जा र तास खेलाईएको थियो।

दशैं – तिहार कार्यक्रममा कर्पोरल जीवन गुरुङ र उनका जीवन संगिनी देउ कुमारी गुरुङले “गलबन्दी चिनो ङलो राजालाई” भन्ने गीतमा दमदार नृत्य प्रस्तुत गरेका थिए भने हेर्मिटेज नेपाली समुहका दिदी बहिनीहरुले “रुकुम मैकोट” भन्ने गीतमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए।

अन्त्यमा कर्पोरल योग गुरुङले कार्यक्रमको संयोजक कुमार गुरुङ र उपस्थित सम्पूर्णलाई धन्यवाद दिएका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!