लन्डन । बेलायतमा एकैदिन सुन तोलामा ४० पाउन्ड घटेको छ ।
नेप्लिज ज्वेलर्स एसोसिएसनका अनुसार मंगलबार प्रतितोला १३ सय ४० पाउन्ड रहेको सुनको भाउ बुधबार १३ सय पाउन्डमा ओर्लिएको हो । चाँदीको मूल्य भने यथावत् रहेको छ । चाँदी प्रतितोला ४० पाउन्डमा कारोबार भइरहेको एसोसिएसनले जनाएको छ ।





