ठगी आरोपमा रवि लामिछाने पक्राउ प्रकरण : पोखरामा प्रदर्शनकारीलाई पानीको फोहोरा

SHARE:


पोखरा २० अक्टोबर २०२४ । सहकारीको रकम ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका पक्षमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।

निषेधाज्ञा तोड्न खोजेपछि आइतबार दिउँसो रास्वपाका कार्यकर्तालाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा हानेको हो । रास्वपा कार्यकर्ताले जिल्ला अदालत कास्की नजिक प्रदर्शन जारी राखेका छन् । लामिछानेलाई म्याद थपका लागि अदालतमा लगिएको छ ।

पोखरामा सहकारी पीडितले पनि बचत रकम फिर्ताको मागसहित प्रदर्शन गरिरहेका छन् । सम्भावित अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ ।

सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका रास्वपाका सभापति लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा आइतबार जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोकस र ग्रैहापाटनको पालिखेचोकबाट नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभालगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!