विभिन्न कार्यक्रमसहित गोर्खा मिडिया यूकेले मनायो वार्षिकोत्सव

SHARE:

लन्डन २१ अक्टोबर २०२४ । विभिन्न कार्यक्रमसहित गोर्खा मिडिया यूकेले चौथो वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आइतबार २० अक्टोबर २०२४ विशेष समारोहबीच गोर्खा मिडियाले वार्षिकोत्सव मनाएको हो ।

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेने प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि सेने, प्रबन्ध निर्देशक तमुले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

सहसम्पादक प्रकाश गुरुङले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार तथा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । सुरक्षाबारे उद्घोषक प्रकाशले नै जानकारी गराएका थिए ।

उक्त अवसरमा विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुर्‍याउने ६ जना समाजसेवी तथा प्रेरक व्यक्तित्वहरूलाई खादा, दोसल्ला, मायाको चिनो, नगद प्रमाणपत्रले सम्मान गरिएको थियो । कर्मभूमि बेलायतमा रहेका तमु धीं यूकेका अध्यक्ष तथा समाजसेवी हरि गुरुङ, तमु समाज यूकेका निवर्तमान अध्यक्ष तथा समाजसेवी शिवकुमार गुरुङ, युवा व्यवसायी धन तामाङ र मिस यूके नेपाल २०१७ की उपाधि विजेता सिर्जना गुरुङलाई सम्मान गरिएको हो ।

यस्तै नेपालमा रहेका दुई जना वरिष्ठ कलाकारलाई पनि गोर्खा मिडियाले नगदसहित पुरस्कार दिने घोषणा गरेको छ । लोकगायिका लमजुङकी मायादेवी थापा गुरुङ र कास्कीका अभिनेता गमबहादुर गुरुङ जनही १५ हजार रुपैयाँ प्रदान गरिने भएको हो । उनीहरु नेपालमा रहेकाले निकट समयमै अर्को कार्यक्रममार्फत सम्मान प्रदान गरिने गोर्खा मिडियाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेले पत्रकारहरूले संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने समय रहेको बताइन् । गोर्खा मिडियाले छोटो समयमा नै बेलायतमा मात्र नभएर संसारभर रहेका नेपालीमाझ छुट्टै पहिचान बनाएको उनको भनाइ थियो ।

सम्मानित व्यक्तित्व तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले गोर्खा मिडियाले दिएको सम्मान आफ्ना लागि ठूलो रहेको र घरको उच्च स्थानमा सजाएर राख्ने बताए ।

गोर्खा मिडियाले गरेको प्रगति बेलायतवासी नेपाली समुदायको पनि प्रगति भएको सम्मानित व्यक्तित्व तथा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले बताए । गोर्खा मिडियाले अझै ठूलो सफलताका साथ सयौँ वार्षिकोत्सव मनाओस् भन्दै उनले कामना गरे ।

सम्मानित व्यक्तित्वहरू धन तामाङ र सिर्जना गुरुङले पनि गोर्खा मिडियाले दिएको सम्मानले आफूलाई झन् राम्रो काम गर्ने हौसला मिल्ने बताए । अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गोर्खा मिडियाको सफलता र प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । अन्त्यमा प्रबन्ध निर्देशक मिलन तमुले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!