मोना युकेले कुमारी चेपाङलाई गरे बिदाइ

SHARE:

सनिवार २६ अक्टुबर २०२४ – बेलायत।मोना युकेले लोकप्रिय गायिका कुमारी चेपाङलाई गरे बिदाइ गरेका छन्। उनलाई मोना युकेले बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेण्टमा बिदाइ गरेका थिए।

म्याग्दी, धौलागिरी गाउँपालिका खिबाङमा जन्मिएका चेपाङ राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल युके च्याप्टरको निमन्त्रणामा बेलायत आएकी हुन्। गायिका चेपाङ दोस्रो पटक बेलायत आएकी हुन् । यस भन्दा पहिला मोना युकेको आमन्त्रणमा बेलायत आएकी थिइन्।

ठमेल दोहोरी रेस्टुरेण्टमा सम्पन्न बिधाई कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल युके च्याप्टरका उपाध्यक्ष रत्न शाहीले बिदाइ मन्तब्य राखेका थिए भने मोना युकेका नवनिर्वाचित अध्यक्ष पदम सुन्दर गर्बुजा र उनका धर्मपत्नीले मोना युकेको तर्फबाट उपहार दिदै बिदाइ गरेका थिए।

बिदाइ कार्यक्रममा धौलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मंचका अध्यक्ष क्याप्टेन दलबहादुर रोकालगायत उपस्थित सम्पूर्ण सदस्यहरुले गायिका चेपाङलाई उपहार दिदै बिदाइ गरेका छन्।

गायिका चेपाङले भाबुक हुदै बेलायतवासी नेपाली तथा मोना युकेका परिवारले दिएको माया र गुण जिन्दकिमा नबिर्सिने तथा तिरेर पनि तिर्न नसकिने बताएका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!