लन्डन २८ अक्टोबर २०२४ । नेपालबाट आएका गायक ब्रबिम शेर्मा, गायिका गंगा फियाक र अमृता सम्बाहाम्फेलाई पाँचथर समाज सेवा युकेले स्वागत सम्मान गरेको छ ।
अध्यक्ष शान्ति लिम्बुले कलाकारहरुलाई पुष्पगुच्छा र खादा ओडाइ सम्मान गरेकी हुन् । अध्यक्ष लिम्बुले अथिति कलाकारहरुलाई उज्वल भविष्यको शुभकामनासहित प्रशंसापत्र र केही नगद पुरस्कार प्रदान गरेकी थिइन् ।
कार्यक्रममा स्वागत मन्तव्य र हेल्थ एन्ड सेफ्टी वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङले राखेका थिए । औपचारिक कार्यक्रम संचालन महासचिव लाहाङ चेम्जोङले गरेका थिए भने सांस्कृतिक कार्यक्रम मोडेल पारु राईले संचालन गरेकी थिइन् ।

कलाकारहरुले विभिन्न नेपाली गीत, पहिचानवादी सन्देशमूलक गीतहरु गाएर दर्शकलाई भरपुर मनोरन्जन दिलाएका थिए । स्थानीय कलाकारहरु गायिका पारु राई र राष्ट्रिय कलाकार तारा लक्समले पनि गीत गाएर साथ दिएका थिए भने मोडेल दीपा लिम्बुले उत्कृष्ट नृत्य प्रदर्शन गरेर कार्यक्रमको शोभा बढाएका थिए ।
अथितिहरु वरिष्ठ संगीतकार दिनेश सुब्बा, किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष दीपेन्द्र याक्सो, संस्थाका सल्लाहकारहरु दिल सम्बाहाम्फे, पदमबहादुर चुवान, रकम सिङ बेघा, लिला सेलिङ माबो, बाबुराम योङ्या, भक्तिहाङ नेम्बाङको उपस्थिति रहेको थियो ।
साउन्ड सिस्टम प्राविधिकमा अथिति दिलीप राईले सहयोग गरेका थिए ।अध्यक्ष लिम्बूले कार्यक्रम सफल पार्न आर्थिक, भौतिक सहयोग गर्ने सल्लाहकार कार्यसमिति उपस्थित दर्शकलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रमको बिट मारेकी थिइन् ।










