रेडिङ वासी नेपालहरुले दिपावली मनाए

SHARE:

महेन्द्र आले – बेलायत

सनिवार २६ अक्टुबर २०२४ का दिन रेडिङबासी नेपालीहरुले बेलायतको रेडिङस्थित पाकिस्तानी हलमा सुनगाभा दीपावली शुभकामना साँझ २०२४ भव्य रूपमा मनाएका छन् ।

कार्यक्रममा मगर संघ यूकेका महिला उपाध्यक्ष निर्मला थापा, ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष भिमसेन खड्का, संस्थापक विश्व आदर्श पण्डित, पूर्व अध्यक्षहरू कृष्ण न्यौपाने तथा अर्जुन बस्नेत, मगर संघ यूके रेडिङ शाखाका पूर्वअध्यक्ष राम गलामी, नवगठित मगर महिला संघ रेडिङका अध्यक्ष गनीसरा आले, तामाङ घेदुङ रेडिङका उपाध्यक्ष सारा घिसिङ, सुनगाभा इन्टरटेन्टमेन्टका निर्देशक गौरव लिम्बुलगायत उपस्थित थिए ।

अन्य दर्शक तथा श्रोताहरूको पनि बाक्लो उपस्थिति थियो । सो अवसरमा नेपालबाट आएका चर्चित कलाकार टिका सानु र सुमन परियारले दर्शक श्रोतालाई भरपुर मनोरञ्जन दिलाए ।

दिप्वाली कार्यक्रममा स्थानीय कलाकारहरू सम्पदा राई, जेनम राई, अर्चिता गौतम र रोनिशा आलेले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक महेन्द्र आलेले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!