फ्रिम्लीपार्क अस्पताल नेप्लिज सोसाइटीले वार्षिक भेटघाट तथा दसैँतिहार पार्टी धुमधामले मनाए

SHARE:

लन्डन । फ्रिम्ली पार्क अस्पताल नेप्लिज सोसाइटीले वार्षिक भेटघाट तथा दसैँतिहार पार्टी धुमधामले मनाए । वार्षिक भेटघाट तथा दसैँतिहार पार्टी २६ अक्टोबार २०२४ को दिन अल्डरसटस्थित द लाउन्ज रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

सोसाइटीका अध्यक्ष टकमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष टंक मार्टिन गुरुङले स्वागत मन्तव्य र हेल्थ एन्ड सेप्टीको सुचित गराएका थिए । अध्यक्ष गुरुङले शुभकामना मन्तव्य राखेको कार्यक्रम सचिव पार्वती सुनुवारले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा नृत्य तथा गीत प्रस्तुत गरेर उपस्थित सम्पूर्णलाई मनोरञ्जन दिने डान्सर तथा तथा गायकहरू छविमाया पुन, बबिता गुरुङ, पार्वती सुनुवार, शुष्मा सुब्बा, प्रबिना सुनुवार, किसु छन्त्याल, बिना गुरुङ, ईश्वर थापा, प्रविन राई र पल गुरुङ, डीजे टंक शेरचन अनि डे लाउन्ज रेस्टुरेन्टका प्रबन्धक निर्देशक तुलाराम गुरुङलाई संस्थाका अध्यक्षले सम्मान गरेकी थिइन् ।

पार्टीका लागी राफल ड्रमा विशेष सहयोग गर्ने कोषाध्यक्ष भाईमति गुरुङ, पद्मा राना, विबा गुरुङ र सम्पूर्ण एरिया रेपहरुलाई अध्यक्षले धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!