डा. बिशाल गुरुङ र उनका समुहले नेपालमा आँखाको मोतिबिन्दु अप्रेसनको शिबिर संचालन गर्ने भएका छन्। मोतिबिन्दु अप्रेसनको शिबिर पर्बत जिल्लाको चारभनज्याङ, कुश्मा र सर्लाही जिल्लामा संचालन गर्ने भएको छ।
डा. गुरुङले उक्त आँखा शिविरको लागि सुक्रवार १७ जनवरी २०२५ को दिन अल्डरसटस्थित एम्पाएर बाङ्कुटिङ हलमा च्यारिटी डिनरको आयोजन गरेका छन्। टिकटको मुल्य डिनरसहित £४५ राखिएको छ भने कार्यक्रम बेलुकी ६ बजे शुरु हुने भएको छ।
डा. गुरुङले उक्त च्यारिटी डिनरमा बेलायतवासी सम्पूर्ण नेपाली दाज्युभाइ तथा दिदीबहिनी रुलाई उपस्थित भएर सहयोग गरिदिनहुन आग्रह गरेका छन् भने यदि उपस्थित हुन नसके पनि चन्दा दिएर सहयोग गरिदिनहुन अनुरोध गरेका छन्।






