
लन्डन १९ जनवरी २०२५ । बेलायतवासी समाजसेवी, बागलुङ समाज यूकेकी निवर्तमान अध्यक्ष एवं मगर संघ यूकेकी निवर्तमान उपाध्यक्ष छविमाया पुनको प्रस्तुतिमा रहेको नयाँ म्युजिक भिडियो “सोल्टिनी सोल्टिज्यू” (कौरा गीत)को आज (१९ जनवरी) मा सार्वजनिक हुँदैछ ।
अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा ‘विमोचन समारोह तथा बिदाइ कार्यक्रम’ मार्फत सोल्टिनी सोल्टीज्यूको माईथाने इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट विमोचन गरिन लागेको हो । कार्यक्रम स्थानीय समयअनुसार दिउँसो १ देखि राति १० बजेसम्म निर्धारण गरिएको छ ।
उक्त म्युजिक भिडियो अमित श्रेष्ठलगायतले सञ्चालन गरेको सुसी मोटो रेस्टुरेन्टमै भिडियो छायांकन गरिएको थियो । गीतमा अनु चौधरी र दीपक घर्तीमगरले स्वर दिएका छन् भने शब्द रचना दीपक थापा मइथाने मगर र सिद्धार्थ आलेमगरले गरेका छन् ।
कम्पोज दीपक घर्तीमगर, क्यामेरा खगेन्द्र ठकुरी, दीपक घर्तीमगर, कोरियोग्राफर शेखर घर्तीमगरले भूमिका खेलेका छन् ।
पुरुष कलाकारहरुमा सोम राना मगर, दिनेश थापामगर, बुद्धि सारु मगर, बोम थापालगायत छन् । प्रोडक्सन म्यानेजर प्रकाश राना मगर रहेका छन् ।
यस्तै महिला कलाकारहरुमा करिष्मा थापा, पारु सूर्यवंशी, रिया रोका मगर, मनसुन सरु मगर, अस्मीता मगर, सुजी मगर, मिलन थापामगर, सीमा मगरलगायतले नृत्य गरेका छन् ।







