स्माइली च्यारिटी फिल्म अवार्ड्सका लागि मनोनयनमा गोर्खा संग्रहालय ट्रस्ट

SHARE:

लन्डन १९ जनवरी २०२५ । गोर्खा संग्रहालय ट्रस्ट यस वर्ष राष्ट्रिय स्माइली च्यारिटी फिल्म अवार्ड्सका लागि मनोनयनमा परेको छ ।

ट्रस्ट स्माइली च्यारिटी फिल्म अवार्ड्समा मनोनयनमा परेको कमलबहादुर पुर्जाले जानकारी दिएका हुन् । उनले पिपल च्वाइस अवार्ड जित्नका लागि सहयोग गर्न अपिल समेत गरेका छन् ।

‘म यो खुसीको खबर साझा गर्न चाहन्छु कि गोर्खा संग्रहालय ट्रस्ट यस वर्षको प्रतिष्ठित राष्ट्रिय स्माइली च्यारिटी फिल्म अवार्ड्सका लागि मनोनयनमा परेको छ । हामीलाई People’s Choice Award जित्नका लागि तपाईंहरूको समर्थन आवश्यक छ ।’

कृपया निम्न तरिकाले हामीलाई सहयोग गर्नुहोस्:

हाम्रो छोटो फिल्म (६.५ मिनेट) हेर्नुहोस्, जसले संग्रहालयको पुनर्विकास योजना, Project Kaida बारेमा जानकारी दिन्छ।

हाम्रो फिल्मलाई भोट दिनुहोस् – तपाईंको हरेक भोटले हामीलाई People’s Choice Award जित्न नजिक ल्याउँछ।

यो लिंक आफ्नो परिवार, साथीभाइ, र नेपाली/गोर्खा समुदायसँग व्यापक रूपमा साझा गर्नुहोस्, ताकि गोर्खा सम्पदाको भविष्य र गोर्खा संग्रहालयको परिकल्पना फैलाउन सकियोस्।

तपाईंको सहयोग गोर्खाको समृद्ध इतिहासलाई जोगाउन र सम्मान गर्न निकै मूल्यवान छ।

गोर्खा संग्रहालय फेसबुकमा
गोर्खा संग्रहालय लिंक्डइनमा
@gurkhamuseum इन्स्टाग्राममा

हेरौं र भोट गरौं – गोर्खा संग्रहालय ट्रस्टलाई समर्थन गर्न:
https://smileycharityfilmawards.com/films/the-future-of-gurkha-heritage-gaorakhaaa-samapathaaakao-bhavaishhaya-thaekhaaaunae-failma

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!