बौद्ध अर्घौ सदनमा तमु धीं यूकेको भ्रमण टोली

SHARE:


काठमाडौं ३ फेब्रुअरी २०२५ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले सोमबार बौद्ध अर्घौ सदन पोखरामा पुगेको छ ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ र आमा समूहका निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, तमु धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, महासचिव डा. विशाल गुरुङ एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ तथा श्रीमती सीता गुरुङ, तमु धीं यूकेका ट्रस्टी एवं सल्लाहकार एकेन्द्र गुरुङ, पूर्वअध्यक्ष नन्दजङ गुरुङ, रामचन्द्र गुरुङ, तमु धीं साउथ ईस्ट लन्डन अध्यक्ष प्रेम कुमार गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, समाजसेवीहरू पार्वती गुरुङ, भोज गुरुङ, शान्त गुरुङ, मञ्जु गुरुङलगायतको टोली सोमबार गुम्बामा पुगेको हो । भ्रमण टोलीलाई गुम्बा समितिका अध्यक्ष, मूल गुरुलगायतले भव्य स्वागत गरेका थिए ।

टोलीले सो अवसरमा पूजासमेत गरेको थियो । गुम्बा समितिले भगवान्‌लाई प्रसाद चढाउने तीन सेट पाला उपलब्ध गराइदिन गरेको अनुरोधलाई अध्यक्ष जुमकाजी गुरुङले आपसी छलफलपछि तमु धीं यूकेले त्यसको जिम्मा लिने प्रतिबद्धता जनाएका थिए । तीन सेट पालाको मूल्य २१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!