एनआरएनएको सदस्यता लिएर एकता महाधिवेशन सफल पार्न एनआरएनए युकेको आह्वान

SHARE:

 

लन्डन – गैर आवासीय नेपाली संघ युकेले एनआरएनएको सदस्यता लिएर आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको  एकता महाधिवेशनलाई  सफल पार्न आह्वान गरेको छ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले एक विज्ञप्ति प्रकाशित गर्दै  सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैर आवासीय नेपाली संघ (एनआरएनए ) को एकता महाधिवेशन गराउन  अख्तियार प्राप्त एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण खुला गरेकाले यथाशिघ्र सदस्यता लिन आग्रह गरे।

उच्चस्तरीय समितिको वेबसाइट  www.nrnahlc.com मा गएर एनआरएनएको सदस्य हुन योग्य गैर आवासीय नेपालीले सदस्यता नवीकरण वा नयाँ सदस्यता प्राप्तिका लगि आवेदन दिन पाउने छन्। सदस्यताका लागि आवेदन दिने मिति २८ फेब्रुअरी २०२५ सम्म तोकिएको छ, तर उच्चस्तरीय  समितिले आवश्यक ठानेमा आवेदन दिने मिति बढाउन सक्ने छ।

आगामी  ३ -५ मे, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागिएको अन्तरराष्ट्रिय महाधिवेशनमा नयाँ सदस्य वा नवीकरण गराएका सदस्यहरुले भाग लिन पाउने छन्।  अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क उच्चस्तरीय  समितिले तोके बमोजिम हुनेछ।अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि समितिले आउँदो १६  मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवदेन खोल्नेछ।

सदस्यता निशुल्क

अध्यक्ष गाहा मगरले यस पटक  एनआरएनए युकेको सदस्यता निशुल्क गरिएको जनाए।  “गएको कैयौं वर्षदेखि आन्तरिक विवादमा अल्झिएको बेला सर्वोच्च अदालतको परमादेशले संस्थालाई एकजुट गर्ने अवसर प्रदान गरेको छ। यो अवसरमा बेलायतमा बस्ने सबै एनआरएनले सदस्यता लिन सकुन् भन्ने उद्देश्यले हामीले सदस्यता निशुल्क गरेका छौं,” उनले भने।  उनले यथाशिघ्र उक्त वेबसाइटमा गएर आवश्यक कागजपत्र अपलोड गरी सदस्यताका लागि आवदेन दिन अनुरोध पनि गरे।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!