पार्वती गुरुङ (नेपाली)
सनिवार १५ फेब्रुरी २०२५ – नेपाल। पुर्ख्यौली घर माछापुछ्रे गाउँपालिका भिचुक, पोखरा दीप निवासी हाल बेलायतको मोर्डनमा बसोवास गर्दै आएका समाजसेवी कविता गुरुङले सहारा कलब नेपाललाई ५१ हजार सहयोग गरेका छन्।
उक्त रकम पोखरामा संचालन भैरहेको आहा रारा गोल्डकपको फाइनल दिनमा सहारा कलब नेपालका अध्यक्ष केशबराज बराललाई हस्तान्तरण गरेका हुन्। कविता गुरुङले उक्त रकम सहारा कलब नेपालले संचालन गर्दै आएको पोखरास्थित दुबिल्नामा रहेका वालवालिकाहरुको लागि सहयोग गरेको बताएका छन्।
कविता गुरुङ स्वर्गीय काउन्सिलर तथा समाजसेवी गम बहादुर गुरुङको धर्मपत्नी हुन् भने उनि बेलायत तथा नेपालको लागि सामाजिक सेवामा सकृय रहेका छन्।
रकम हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशकी सांसद माननीय सरस्वती गुरुङ, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ (क्रिश), माईला कान्छा अभियानका अभियन्ता पार्वती गुरुङ (नेपाली) लगायत बेलायतवाट नेपाल भ्रमणमा गएका तमु धिं युकेको सदस्यहरुको उपस्थिति रहेको थियो।







