मगर दिवसमा ज्ञानेन्द्र पुन मगर बेलायत आउने।

SHARE:

 

१६ फेब्रुरी २०२५ – बेलायत। सनिवार २२ फेब्रुरी २०२४ का दिन मगर संघ युकेद्वारा आयोजना हुने ४३ सौं मगर दिवसमा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर बेलायत आउने भएको छ। मगर दिवस बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा उक्त दिनको ११ बजे देखि शुरुहुने छ। अध्यक्ष पुन मगरलाई मगर संघ युकेले प्रमुख अतिथिको लागि निमन्त्रणा दिएपछि उनि बेलायत आउने भएका जानकारी मगर संघ युकेका अध्यक्ष सिता पुन मगरले जानकारी दिएका हुन्।

मगर दिवसको विशेष अतिथिमा नेपाल एम्वासी लण्डनका थर्ड सेक्रेटरी झुपलाल पुन मगरलाई निम्तो दिइएको छ भने अन्य अतिथिहरुमा एनआरएन युके, नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष बिरमान घर्तिमगर, मगर संघ वेल्जियमका अध्यक्ष लोक राना मगर, मगर संघ नेडरल्याण्डका अध्यक्ष नेत्र राना, मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुन मगर, मगर संघ क्यानडाका अध्यक्ष चन्दा पुन मगर, बेलायतमा स्थापित सम्पूर्ण जातीय संघ संगठनलगायत अन्य क्षेत्रीय संगठनका अध्यक्षहरुलाई निम्तो दिइएको छ।

उक्त मगर दिवसमा मगर संघ युकेका १२ वटा शाखालगायत मगर महिला संघ युके, पुन मगर समाज युके, मगर संघ युके युथ, मगर धनुषवान समाज युके, मगर बुद्धिस समाज युके र मगर खामभाषी समाज युकेले झाँकी, नृत्य र फेसन सो प्रस्तुत गर्ने भएको छ। उक्त झाँकी, नृत्य र फेसन सो प्रस्तुत गर्ने जिम्मेवारी मगर संघ युकेका कार्यसमिति, शाखाका अध्यक्ष, भात्रु संगठनका अध्यक्षहरुलाई दिइएको र ४३ सौं मगर दिवसको सम्पूर्ण रुपमा तयारी पुरा भएको जानकारी मगर दिवसको प्रमुख संयोजक तथा मगर संघ युकेका महिला उपाध्यक्ष निर्मला थापा मगरले दिएका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!