बेलायतवासी साहित्यकार तथा गीतकार लीला सेलिङ माबोको ‘बाचा गरौँ न’ सार्वजनिक

SHARE:

प्रणय दिवस अर्थात्‌ ‘भ्यालेन्टाइन डे’ को अवसरमा बेलायतवासी साहित्यकार तथा गीतकार लीला सेलिङ माबोले भ्यालेन्टाइन डे स्पेसल ‘बाचा गरौँ न’ भन्ने भिडिओ सार्वजनिक गरेका छन्।

उक्त रोमान्टिक गीतमा शब्द लीला सेलिङ माबोकै रहेको छ भने उदियमान युवा सङ्गीतकार पवन बान्तावा राईको सङ्गीत रहेको छ। स्वर भने चर्चित गायिका अन्जु पन्तको रहेको छ। यस भिडिओ लीलाकै युट्युब च्यालनबाट गत शुक्रबार सार्वजनिक भएको हो।

श्री माबो निर्माता रहेको गीतको रेकडिस्ट मनोज साङ्सोन राई र सुरेश राई रहेका छन्‌ भने एरेन्ज, मिक्सिङ र मास्टरिङ राजु कार्कीको रहेको छ।

समाजसेवामा अग्रपंक्तिमा रहेकी लीला बेलायतवासीहरूमाझ चिरपरिचित छन्। लीलाद्वारा लिखित गतवर्ष करण राईको स्वरमा सार्वजनिक भएको म्युजिक भिडिओलाई १२ लाखभन्दा बढी दर्शकस्रोताले हेरेका छन्‌।

करिब अढाई दशकदेखि बेलायतलाई कर्मथलो बनाउँदै आएकी लीलाले नेपाली, लिम्बु र अङ्ग्रेजी भाषामा (ट्रिलिङ्गुएल) कलम चलाउँछिन्‌। उनले विशेषगरी गीत, कविता, डायरी तथा संस्मरण विधामा कलम चलाउँदै आएकी छन्‌।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!