फोक्स्टन र मेची नगरको ५ औं मितेरी (Twinning) वार्षिकोत्सव सम्पन्न

SHARE:

राम पुन – बेलायत

फोक्स्टन नेपाली समाजले बिहीबार, २० फेब्रुअरी २०२५ का दिन फोक्स्टन नेपाली समाजको आफ्नै भवनमा फोक्स्टन र पूर्वी नेपालको मेची नगरबीचको ५ औं मितेरी वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि फोक्स्टन टाउनकी वर्तमान मेयर अबेना अकुफो-केली (Mayor Abena Akuffo-Kelly) थिए भने, पूर्व टाउन मेयर तथा मितेरी स्थापनाका बेला पदमा भएका पूर्वमेयर ज्याकी मिड (Past Mayor Jackie Meade) ले मितेरीको ऐतिहासिक पृष्ठभूमिबारे पावरपोइन्ट प्रस्तुति गरेका थिए । साथै, फोक्स्टन नेपाली समाजका अध्यक्ष क्याप्टेन रामबहादुर पुन मगर र फोक्स्टनकी वर्तमान टाउन मेयर अबेना अकुफो-केली (Mayor Abena Akuffo-Kelly) ले प्रेरणादायी मन्तव्य दिएका थिए ।

कार्यक्रममा टाउन मेयर, उप-मेयर, पूर्वटाउन मेयरहरू, काउन्सिलरहरू, फोक्स्टन नेपाली समाजका समितिका सदस्यहरू, ट्रस्टीहरू, सल्लाहकारहरू, वरिष्ठ नागरिकहरू, साधारण सदस्यहरू, तथा स्वयंसेवकहरूको बाक्लो उपस्थिति रहेको थियो। उहाँहरूको सहभागिताले कार्यक्रमलाई मात्र सफल बनाएको छैन, यसले फोक्स्टन टाउन र मेची नगरबीचको सम्बन्धलाई अझ मजबुत बनाउन ठूलो योगदान पुर्‍याएको छ।

अध्यक्ष पुन मगरले पूर्वमेयर ज्याकी मिड (Jackie Meade) र श्री तारा कट्टेललाई केक प्रायोजन गर्नुभएकोमा, साथै कार्यक्रम सफल बनाउन अहोरात्र खट्नुहुने समाजका महासचिव तथा कार्य समितिका सदस्यहरूलाई विशेष धन्यवाद दिएका थिए। कार्यक्रम समाजका महासचिव डा. महा राईको समन्वयमा सम्पन्न भएको थियो भने, स्यान्डविच लन्चपछि कार्यक्रम समार्पण गरिएको थियो।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष क्याप्टेन रामबहादुर पुन मगरले गर्नुभएको थियो। उनले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई उहाँहरूको उपस्थिति र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै औपचारिक रूपमा कार्यक्रम समार्पण गरेका थिए ।

यो कार्यक्रम एक अर्थपूर्ण र अविस्मरणीय दिनको रूपमा सँझनलायक रह्यो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!