बेलायती दम्पती अफगानिस्तानमा पक्राउ

SHARE:

लन्डन २४ फेब्रुअरी २०२५ । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् ।

विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका बेलायती दम्पत्तिलाई तालिवान प्रशासनले पक्राउ गरेको उनीहरूकी छोरी सारा एन्ट्विस्टलले सोमबार बताएकी छन् । उनले बेलायती कूटनीतिज्ञहरूलाई उनीहरूको रिहाईका लागि ‘आफ्नो शक्तिले भ्याएसम्म’ गर्न आग्रह गरेकी छन् ।

सत्तरी वर्ष पुगेका पिटर र बार्बी रेनोल्ड्सले अफगानिस्तानमा १८ वर्षदेखि विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका थिए र उनीहरूलाई तीन हप्ता पहिले पक्राउ गरिएको थियो । पक्राउ परेका बेलायती दम्पतीकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताइन् ।

तालिवान प्रशासन र बेलायती विदेश मन्त्रालयले दम्पतीको गिरफ्तारीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । सन् १९७० मा काबुलमा विवाह गरेका रेनोल्ड्स सन् २०२१ मा तालिवानले कब्जा गरेपछि बेलायती दूतावासले आफ्ना कर्मचारी फिर्ता बोलाएपछि अफगानिस्तान मै रहेका थिए ।

‘द सन्डे टाइम्स’ पत्रिकाका अनुसार फेब्रुअरी १ मा पक्राउ गरिएको घटना ३० वर्षभन्दा माथिका अफगान आमाहरूलाई अभिभावकत्वसम्बन्धी सीप सिकाउनेसँग सम्बन्धित थियो । मध्य बामियान प्रान्तमा रहेको आफ्नो घर फर्कने क्रममा ती दम्पतीलाई पक्राउ गरिएको बताइएको छ ।

सन्डे टाइम्सले तालिबान अधिकारीहरूलाई लेखेको खुला पत्रमा एन्ट्विस्टल र उनका भाइहरूले आफ्ना आमाबाबुलाई रिहा गर्न आग्रह गरेका छन् ।

सन् १९९० को दशकमा तालिबानले शासन गर्दा देखाएको क्रूरतामा नफर्कने वाचा गरेपछि सन् २०२१ मा अमेरिसँगको सम्झौतापछि अमेरिका समर्थित सरकारलाई अपदस्थ गर्दै इस्लामिक कानुनको कडा व्याख्या लागू गर्दै पुनः सत्तामा फर्किएको थियो ।

त्यसपछि उनीहरूले महिला र बालिकाहरूमाथि व्यापक प्रतिबन्धहरू लगाएका छन्। उनीहरूलाई १२ वर्ष भन्दा बढी उमेरको शिक्षामा रोक लगाएका छन् र संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक विभेद’ को संज्ञा दिएको नियमहरूको कार्यान्वयनको लागि उनीहरूलाई जागिर र सार्वजनिक जीवनबाट बाहिर निकालेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!