कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने

SHARE:

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ ।

कर्मचारी समायोजन ऐन–२०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय तहमा कर्मचारीको आन्तरिक व्यवस्थापन गर्ने भन्दै मन्त्रालयले सो मापदण्ड तयार पारिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । स्थानीय तहको आन्तरिक संगठन संरचना र कर्मचारी दरबन्दी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भए पनि कर्मचारी पठाउनका लागि मापदण्ड तयार पारेको हो ।

मापदण्डअनुसार निजामती कर्मचारीलाई स्थानीय तहमा खटाउँदा नेपाल सरकारबाट स्वीकृत स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीको आधारमा स्थानीय तहको रिक्त पदमा खटाउने भएको छ । यस्तै कार्यरत पदको ज्येष्ठताका आधारमा कर्मचारीले रोजेको स्थानीय तहमा, स्थायी बसोबास रहेको स्थानीय तहमा पनि कर्मचारीलाई खटाउने, प्रदेशका केन्द्र वा जिल्ला सदरमुकाम स्थायी ठेगाना भएका कर्मचारीलाई सो प्रदेश वा जिल्लाभित्र कुनै पनि स्थानीय तहमा खटाउने मापदण्डमा उल्लेख छ ।

यसैगरी आफूले चाहेको ठाउँमा कर्मचारी बढी हुन गएका खण्डमा नजिकैको स्थानीय तहमा जान पाउने व्यवस्थासमेत गरिएको छ । मापदण्डमा निजामती कर्मचारीको पतिपत्नीलाई एउटै स्थानीय तहमा खटाउनेसमेत भएको छ । यसअघिको निजामती नियमावलीमा पनि सो व्यवस्था रहेको थियो ।

यसैगरी एक वर्षभन्दा कम उमेरका शिशु भएका महिलालाई वा कडा रोग लागेको कर्मचारीले आफूले रोजेको स्थानीय तहमा पाउने व्यवस्थासमेत गरिएको छ ।

प्रवक्ता तामाङले चाँडै नै मापदण्डअनुसार कर्मचारीलाई खटाइने बताए । स्थानीय तहमा करीव ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ ।

प्रकाशित : ३ वैशाख २०७५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!