गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलद्वारा संसदीय समिति सभापति खतिवडासँग भेट

SHARE:

काठमाडौं २७ अप्रिल २०२५ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडासँग भेटवार्ता गरेको छ । भेटमा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुशी हुने अवस्था नभएको बताएका थिए । बारम्बार ध्यानाकर्षण गराउनुका साथै, नेपाल कानून सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि वेवास्ता गर्दै पछिल्लो पटक गैरआवासीय नेपाली नागरिताबाहकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति असन्तुष्टी जनाउँदै अध्यक्ष डा केसीले भने, ‘संविधानले नै दिएको अघिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएका छन् ।’

अध्यक्ष डा केसीले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत अब बस्ने संसद बैठकमा उक्त अध्यादेश प्रतिस्थापन गरी नागरिकताको पूर्ण कार्यान्वयन हुने गरि प्रस्ताव अघि बढाउन आग्रह गरे ।
जवाफमा सभापति खतिवडाले गैरआवासीय नेपालीहरू नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्नु आफ्नो तर्फबाट सदैव सहयोग गर्ने बताए ।

भेटमा अध्यक्ष डा. केसीसहित उपाध्यक्षत्रय राज रेग्मी, रोजिना प्रधान राई, रोशन थापा, महिला सचिव राधिका (टीका) गुरुङ र संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!