क्याथलिक धर्मका मुख्य गुरु ८८ वर्षीय पोप फ्रांसिसको अन्तिम संस्कार

SHARE:

विक्रम भट्टराई- बेलायत ।

अस्ती पोप फ्रांसिसको अन्तिम विदाई थियो क्याथलिक धर्मका मुख्य गुरु ८८ वर्षीय पोप फ्रांसिसको अन्तिम संस्कारमा भाग लिन संसारभरका १५० भन्दा धेरै देशबाट राष्ट्र प्रमुख, सरकार प्रमुख अथवा सरकारका प्रतिनिधिहरुको जमघट भयो भेटिकन सिटीको सेंट पिट्स्क्वायर मा । यो जमघट एउटा जीवनको विदाई मात्रै नभएर संसारभरका विभिन्न क्षेत्र र विधाका प्रख्यात समुदायको जमघट पनि थियो, यसबाट कयौं राष्ट्रले अन्य राष्ट्रका प्रतिनिधीहरुसंग कुनै न कुनै रुपमा कुटनितीक कुराकानी गर्ने मौका पाए र कयौं विषयहरुमा नयाँ ध्रुवीकरण पनि भयो । अन्तिम विदाई पनि क्या दमदार…. ।

के तपाई हामीले यो ब्रह्मांड कै अन्तिम सत्य हाम्रो मृत्युको बारेमा खुलेर कुरा गरेका छौं त ? के हाम्रो मृत्यु संस्कारका बारेमा परिवारमा सरसल्लाह गर्छौं त ? खै हाम्रो त यसो कुरा गरौं भनेपनि दुवैले “भो त्यस्ता कुरा नगर/नगर्नुहोस्….” भनेर टार्छौ यस्तो लाग्छ हामी मर्दै मर्दैनौं । केटाकेटीसंग त कुरै गरेका छैनौं ।

हुन त प्रायः भन्ने गरिन्छ आफु मरेपछी जे सुकै होस् तर यथार्थमा यस्तो रहेनछ, यसबारेमा कुरा गर्न पर्ने रहेछ, अझै भनौ आफ्नै जीवनमा यसको तयारी गर्नुपर्ने रहेछ। यसको लागी बजेट छुट्टाउन पर्ने रहेछ । हिजोआज त फ्यूनरलको पहिले नै पैसा तिरेर पुरै प्याकेज बनाउन पाईने रहेछ, आफुलाई कहाँ र कसरी अन्त्यष्टी गरुन भन्ने पहिले नै व्यवस्था गर्न पर्ने रहेछ । अब हामीले हाम्रा सन्तानलाई कुनैपनि कुराहरु भनेकै छैनौं भने त उनिहरुले आफ्नै अनुकूलमा अन्त्यष्टी गर्नेछन । आँफ्नै अन्त्येष्टिका लागी आवश्यक खर्च पनि रहेनछ भने त कल्पना गर्नुहोस् त त्यो अन्तिम यात्रा कस्तो होला ….!

मेरो पेशाका कारण मैले सयौं नेपाली आमाबुबालाई व्यक्तिगत रुपमा चिनेको छु र म प्रायः सबैसंग सबै विषयमा कुरा गर्छु । यता बेलायतमा आएका लगभग ८०% आमाबुबातो ईच्छा आफ्नो अन्तिम साँस आफ्नै जन्मेको ठाँउमा त्याग्न पाईयोस् र त्यो संभव नभए पनि आँफ्नो लाशलाई नेपाल मै लग्दिए हुन्थ्यो तर यथार्थमा त्यस्तो हुदैन। कतिपयलाई उनिहरुका पुर्खाले मान्दै आएको संस्कार अनुसार अन्त्येष्टि गर्दिए हुन्थ्यो भन्ने थियो तर पछी उनिहरुका सन्तानहरुले ठिक विपरीत संस्कार बाट अन्त्येष्टि गरेका थिए ।

कतिपयलाई आँफ्नो मलामी आउनेहरुले कालो कपड़ा नलगाईदिए हुन्थ्यो भन्ने थियो तर अन्तमा त्यस्तो भएन ।अब आउने अर्कों पुस्तालाई हेर्ने हो भने उनिहरुका वैवाहिक सम्बन्ध फरक संस्कार धर्म या संप्रदायसंग हुन सक्छ त्यस्तो अवस्थामा त अझै कठिन हुने रहेछ । केही महिना पहिले एक जोड़ी बेलायतबाट आफ्नी आमाको ( केटाकी) अन्त्येष्टिको लागी नेपाल गएका तर उता गाँउमा बुहारी अर्कै जातकी भनेर छुनै दिईएन छ र फर्किने बेलामा बुहारीले एकदमै अमिलो मन लिएर बेलायत फर्किईन । त्यस्ता हजारौं उदाहरणहरु छन तर यदि मृत्यु हुनुभन्दा पहिले नै यस्ता कुराहरु खुलेर साट्ने हो भने मृत्यु पश्चात जो जससंग सम्बंधित हुन्छ उनिहरु सोहीं अनुसार मानसिकता बनाउने छन ।

फेरी हिजोआज मृत्यु संस्कारलाई पनि अत्यंत भड्किलो बनाउने प्रतिस्पर्धा नै चलेको छ, विभिन्न प्रकारका कार्ड छाप्ने, घोड़ा/बग्गीमा हिडाउने, अनेक किसीमका सामग्रीहरु चढाउने, मलामीको संख्या धेरै देखाउने अच्चमै को होड़ देखिन्छ के त्यसो गर्न जरुरी छ त ? के अन्तिम संस्कारमा सहभागी हुनको लागी कालै अथवा सेतै वस्त्र लगाउनै पर्ने हो र ? अझै नबुझेको त त्यो एकदम शान्त माहौलमा पनि सिधै थाहा पाउने गरेर रोएको जस्तो गर्नुपर्छ र ? बड़ों ग़ज़ब लाग्छ कहिले काहीं त ।

यो गनथन यस्तै हो तर एउटा कुरा चाँई सत्य हो की यदि तपाईंले आफ्नो फ्यूनरल ( अन्तिम संस्कार) कसरी गर्ने भनेर सबै तयारी गर्नुभएको छ भने तपाईलाई एकदिन पक्कै मर्नु छ भन्ने चेत हुनेछ र त्यस्तो चेतनाले तपाईले जीवनमा कम भन्दा कम गलत कामहरु गर्नुहुनेछ, अरुलाई सधै सम्मान र माया गर्नुहुनेछ र अरुको भलो सोच्नु हुनेछ किनकी…… आख़ीर मर्नु त निश्चय छ । सबैको जय होस् भलो होस् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!