लन्डन ९ मे २०२५ । दिप गुरुङ निर्देशित म्युजिक भिडियो ‘यूके बेलायत’ सार्वजनिक भएको छ ।
गायक एवं गीतकार रविन लामिछानेको शब्द, संगीत र स्वर रहेको म्युजिक भिडियो शुक्रबार ‘लोकनाथ अधिकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत बेलायतको नोटिङ्घममा बसोबास गर्दै आएका सुनगाभा इन्टरटेन्मेन्टका डाईरेक्टर तथा कलाकार संयोजक लोकनाथ अधिकारीले निर्माण गरेका हुन् । गीतमा रविनलाई सुमधुर आवाजकी धनी गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन् ।
गीतमा बेलायती सेनाको नेपाली लाहुरे छुट्टीमा नेपाल जाँदा गाउँघरकी मायालुसँगको मायाप्रेमको बारेमा परिकल्पना गरेर गीत लेखेको लामिछानेले बताएका छन् । भिडियो पनि उत्कृष्ट बनेको निर्माण टिमले दाबी गरेको छ ।
नायक धिरेन शाक्य र पछिल्लो समयको लोकप्रिय नायिका स्मारिका ढकालले अभिनय गरेका छन् ।






